+
+
Shares

बैंकिङले उठायो सेयर बजार, घट्यो कारोबार

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १६ गते १५:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सोमबार सेयर बजार १२.०३ अंक बढेर नेप्से परिसूचक २७६१.८६ अंकमा पुगेको छ।
  • कारोबार रकम घटेर ५ अर्ब १० करोडमा सीमित भए पनि बैंकिङ सेक्टरले बजारलाई १.५० प्रतिशतले बढाएको छ।
  • हिमस्टार ऊर्जाको मूल्य ६.०७ प्रतिशतले सबैभन्दा धेरै बढेको छ भने उन्नति सहकार्य लघुवित्तको मूल्य ७.६८ प्रतिशतले सबैभन्दा धेरै घटेको छ।

१६ भदौ, काठमाडौं । सोमबार सेयर बजार १२.०३ अंक बढेको छ । सो वृद्धिसँगै नेप्से परिसूचक २७६१.८६ अंकमा कायम भएको छ ।

कारोबार सुरु भएपछि ११ : ४१ बजे नेप्से २७४१ अंकसम्म झरेको थियो । जुन विन्दु आजका लागि न्यूनतम रह्यो । त्यसपछि सामान्य उतारचढावमा रहेको बजारले २ बजेपछि वृद्धिको लय समात्यो ।

कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ६ अर्ब ६ करोडको कारोबार भएकोमा आज ५ अर्ब १० करोडको भयो । आज बैंकिङ सेक्टरले समग्र बजारलाई बढाएको छ । बजारको शक्तिशाली समूह बैंकिङ सबैभन्दा धेरै १.५० प्रतिशत बढ्यो ।

त्यस्तै विकास बैंक ०.५२, फाइनान्स ०.१४, होटल तथा पर्यटन ०.४३, हाइड्रोपावर ०.०८, लगानी ०.१८, उत्पादन तथा प्रशोधन ०.३६, माइक्रोफाइनान्स ०.२७, निर्जीवन बीमा ०.३० प्रतिशत बढे । जीवन बीमा स्थिर रह्यो ।

व्यापार ०.८५ तथा अन्य ०.०३ प्रतिशत घटे ।

हिमस्टार ऊर्जाको मूल्य सबैभन्दा धेरै ६.०७ प्रतिशत बढ्यो । हालै बजारमा सूचीकृत यो कम्पनीको मूल्य प्रतिकित्ता २६७.५० रुपैयाँ पुगेको छ । त्यस्तै स्टान्डर्ड चार्टर्ड बैंकको ४.०८, सिद्धार्थ बैंकको ३.२८, महिला लघुवित्तको ३.२१ प्रतिशत मूल्य बढ्यो ।

उन्नति सहकार्य लघुवित्तको मूल्य सबैभन्दा धेरै ७.६८ प्रतिशत घट्यो । विकास हाइड्रोपावरको ४.८८, पियोर इनर्जीको ४.७१, पिपुल्स पावरको ३.६५ तथा नारायणी डेभलपमेन्ट बैंकको ३.३४ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा नेपाल रिइन्स्योरेन्स, एभरेस्ट बैंक, हिमालयन डिस्टिलरी, एनआरएन इन्फ्रास्ट्रक्चर र कुमारी बैंक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?