+
+
Shares

सेयर बजार २७३९ अंकमा, उत्पादन बाहेक सबै सेक्टरका सूचक घटे

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ८ गते १५:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आइतबार सेयर बजार १८.०२ अंकले घटेर नेप्से परिसूचक २७३९.९५ अंकमा कायम भएको छ।
  • बजार घट्दा पनि कारोबार रकम ५ अर्ब २ करोडबाट ६ अर्ब ५४ करोडमा वृद्धि भएको छ।
  • विकास हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेर ३८८.७० रुपैयाँ पुगेको छ।

८ भदौ, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार १८.०२ अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २७३९.९५ अंकमा कायम भएको छ । कारोबार सुरुवातपछि बढेको बजार ११ : १७ बजे २७७० अंकमा पुगे पनि त्यसपछिको ओरालो यात्रा अन्तिम समयसम्म कायम रह्यो ।

बजारको अंक घट्दा कारोबार रकम बढेको छ । अघिल्लो दिन ५ अर्ब २ करोडको कारोबार भएकोमा आज ६ अर्ब ५४ करोडको भयो । ४१ कम्पनीको मूल्य बढ्दा २०८ को घट्यो ।

उत्पादन तथा प्रशोधन बाहेक सबै समूहका सूचक घटे । सो समूह ०.१५ प्रतिशत बढ्यो । विकास बैंक समूह सबैभन्दा धेरै १.६९ प्रतिशत घट्यो । बैंकिङ ०.८८, फाइनान्स ०.५३, होटल तथा पर्यटन ०.६८, हाइड्रोपावर १.१९, लगानी ०.७८, जीवन बीमा ०.४४, माइक्रोफाइनान्स ०.१५, निर्जीवन बीमा ०.५०, अन्य ०.१० तथा व्यापार समूह ०.१९ प्रतिशत घटे ।

विकास हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । हालै सूचीकृत सो कम्पनीको मूल्य ३८८.७० रुपैयाँ पुगेको छ । त्यस्तै सीवाईसी लघुवित्तको ४.७४, हिमालयन डिस्टिलरीको ३.६०, अपर स्याङ्गे हाइड्रोपावरको २.३५ प्रतिशत मूल्य बढ्यो ।

नारायणी डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै ७.२९ प्रतिशत घट्यो । पियोर इनर्जीको ४.३५, सान्भी इनर्जीको ३.९८ तथा रावा इनर्जीको ३.८५ प्रतिशत मूल्य घट्यो ।

आज हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै रकमको कारोबार भयो । सो कम्पनीको मात्रै १ अर्ब ७५ करोडको कारोबार भयो । त्यसपछि धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, बुटवल पावर र शिवम् सिमेन्ट अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?