+
+
Shares

कारोबार रकम डेढ अर्बले घट्यो, नेप्से परिसूचक ९ अंक बढ्यो

कारोबार सुरु हुँदा २७६१.२२ अंकमा रहेको नेप्से सूचक ९.१६ अंकले बढेर २७७०.३९ अंक पुगेको छ । सोमबार नेप्सेमा कारोबार भएका बैंक, विकास बैंक, जलविद्युत् क्षेत्रका अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २ गते १५:५१

२ भदौ, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक सोमबार ९ अंकभन्दा धेरै बढेको छ । आइतबारको तुलनामा नेप्से कारोबार रकम डेढ अर्बले घटे पनि परिसूचक भने सकारात्मक भएको हो ।

धितोपत्र बजारमा सूचिकृत अधिकांश कम्पनीको गत आर्थिक वर्षको वित्तीय विवरण आइसकेको अवस्था छ । सेयर लगानीकर्ताले पनि कुन कम्पनीले कस्तो प्रतिफल दिन्छ भन्ने पूर्वानुमान गरिसकेको हुनाले पनि सोमबार नेप्से परिसूचकमा सुधार आएको हुन सक्छ ।

सोमबार कारोबार सुरु हुँदादेखि बढ्न थालेको नेप्से करिब एक घण्टापछि घटेको थियो । त्यसपछि सुधारको क्रम बन्द हुँदासम्म कायम रहेपछि उतारचढाव भने आइराख्यो ।

कारोबार सुरु हुँदा २७६१.२२ अंकमा रहेको नेप्से सूचक ९.१६ अंकले बढेर २७७०.३९ अंक पुगेको छ । सोमबार नेप्सेमा कारोबार भएका बैंक, विकास बैंक, जलविद्युत् क्षेत्रका अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ ।

नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये बैंकिङ २.५३, विकास बैंक १८.३३, फाइनान्स २.२९, होटल र पर्यटन १७.१९, जलविद्युत ३४.७७, लगानी ०.४८, जीवन बीमा ४२.६६, उत्पादनमूलक ३७.७५, लघुवित्त ५.२०, निर्जीवन बीमा ४७.४५ र व्यापार समूह ५३.३८ अंकले बढेका छन् । तर, सोमबार सामूहिक लगानी कोष ०.१० र अन्य समूहगत सूचक १५.४३ अंकले घटेका छन् ।

सोमबार नेप्सेमा कारोबार भएकामध्ये १ सय ७५ कम्पनीको सेयर मूल्य बढेको छ । त्यसैगरी ७४ कम्पनीको सेयर मूल्य घटेको नेप्सेले जनाएको छ । सोमबार नेप्सेमा ३ सय २० कम्पनीको ६७ हजार ९ सय ९५ कारोबारबाट ६ अर्ब १७ करोड रुपैयाँ बराबरको १ करोड ५२ लाख २९ हजार कित्ता सेयर खरिद–बिक्री भएको छ । यो कारोबार रकम आइतबारको तुलनामा थोरै हो । आइतबार नेप्सेमा ७ अर्बभन्दा धेरैको सेयर कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?