
News Summary
Generated by OK AI. Editorially reviewed.- मंगलबार नेप्से परिसूचक २६.२२ अंकले घटेर २७९६ अंकमा झरेको छ।
- सेयर बजारमा २४ कम्पनीको मूल्य बढ्दा २२५ कम्पनीको मूल्य घटेको छ।
- कारोबार रकम १० अर्ब २१ करोडबाट घटेर ६ अर्ब ९१ करोडमा सीमित भएको छ।
२७ साउन, काठमाडौं । मंगलबार सेयर बजारको अंक २८ सयभन्दा तल झरेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक २६.२२ अंक घटेको छ ।
सो गिरावटपछि नेप्से २७९६ अंकमा कायम भएको छ । बजार खुलेपछि १५ मिनेटसम्म सम्हालिए पनि त्यसपछि लगातार रातो अंकमा रह्यो । २४ कम्पनीको मूल्य बढ्दा २२५ को घट्यो भने एउटाको स्थिर रह्यो ।
कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १० अर्ब २१ करोडको कारोबार भएकोमा आज ६ अर्ब ९१ करोडमा सीमित भयो ।
होटल तथा पर्यटन बाहेक सबै समूहका सूचक घटेका छन् । होटल तथा पर्यटन समूह १.३२ प्रतिशत बढ्यो । बैंकिङ ०.९४, विकास बैंक ०.७६, फाइनान्स १.५३, हाइड्रोपावर १.२६, लगानी ०.६६, जीवन बीमा १.०६, उत्पादन तथा प्रशोधन १.००, माइक्रोफाइनान्स १.४९, निर्जीवन बीमा ०.८१, अन्य ०.६२ र व्यापार ०.८६ प्रतिशत घटे ।
सिटी होटलको मूल्य १० प्रतिशत बढ्यो । कम्पनीको हकप्रद सेयर निष्कासनका लागि मूल्य समायोजन भएपछि १० प्रतिशत बढेको हो । कम्पनीले ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दैछ ।
त्यस्तै समाज लघुवित्तको ४.३४ तथा कालिका पावरको २.३७ प्रतिशत मूल्य बढ्यो । सिक्लेस हाइड्रोपावरको मूल्य १० प्रतिशत नै घट्यो । उन्नति सहकार्य लघुवित्तको ८, लक्ष्मी लघुवित्तको ६.१४ प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, लुम्बिनी विकास बैंक, शिवम् सिमेन्ट र बुटवल पावर क्रमशः अगाडि छन् ।
प्रतिक्रिया 4