+
+
Shares

२५४४ अंकमा झर्‍यो सेयर बजार, ४ कम्पनी बढे १० प्रतिशत

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २६ गते १५:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बुधबार नेप्से परिसूचक २०.५६ अंक घटेर २५४४ अंकमा झरेको छ।
  • कारोबार रकम ३ अर्ब ८४ करोड पुगेको छ, जुन अघिल्लो दिनको भन्दा बढि हो।
  • ४९ कम्पनीको मूल्य बढ्दा १९८ कम्पनीको मूल्य घटेको छ र उत्पादन समूहमा ०.२३ प्रतिशत वृद्धि भएको छ।

२६ कात्तिक, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से २०.५६ अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २५४४ अंकमा झरेको छ ।

कारोबार सुरु भएपछि अन्तिम समयसम्म नै बजार घटिरह्यो । बजार घट्दा कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ३ अर्ब ६२ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८४ करोडको भयो ।

४९ कम्पनीको मूल्य बढ्दा १९८ को घट्यो भने ७ को स्थिर रह्यो । उत्पादन बाहेक सबै समूहका सूचक घटेका छन् । उत्पादन समूह ०.२३ प्रतिशत बढ्यो ।

त्यस्तै व्यापार समूह सबैभन्दा धेरै २.३५ प्रतिशत घट्यो । बैंकिङ ०.६७, विकास बैंक ०.३०, फाइनान्स ०.७९, होटल तथा पर्यटन ०.१८, हाइड्रोपावर ०.७०, लगानी ०.९९, जीवन बीमा ०.९९, माइक्रोफाइनान्स ०.६९, निर्जीवन बीमा ०.५४ र अन्य समूह १.३३ प्रतिशत घटे ।

चार कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । भूगोल इनर्जी, सागर डिस्टिलरी, बुंगल हाइड्रोपावर र बन्दीपुर केबुलकारको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत मूल्य बढेका भूगोल इनर्जीबाहेक अरु तीन कम्पनी हालै सूचीकृत भएका नयाँ हुन् ।

अपर सोलु हाइड्रो इलेक्ट्रिकको ५.३१, नेपाल माइक्रोइन्स्योरेन्सको ३.७५ प्रतिशत मूल्य बढ्यो ।

दरामखोला हाइड्रो इनर्जीको मूल्य सबैभन्दा धेरै ८.७२ प्रतिशत घट्यो । माबिलुङ इनर्जीको ८.२१, मेरो माइक्रोफाइनान्सको ४.५७ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, राधि विद्युत्, साहस ऊर्जा, युनियन हाइड्रोपावर र शिवम् सिमेन्ट रहे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?