+
+
Shares

घटेको सेयर बजारमा बढ्यो कारोबार

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १२ गते १५:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सेयर बजार बुधबार ५ अंकले घटेर नेप्से परिसूचक २५६६ मा कायम भएको छ।
  • कारोबार रकम ५ अर्ब ४५ करोड पुगेको छ, जुन अघिल्लो दिनको भन्दा बढि हो।
  • ८५ कम्पनीको मूल्य बढ्दा १५९ कम्पनीको मूल्य घटेको छ र होटल तथा पर्यटन समूह २.१५ प्रतिशतले बढेको छ।

१२ कात्तिक, काठमाडौं । अघिल्लो दिन ६२ अंक बढेको सेयर बजार बुधबार भने ५ अंक घटेको छ । सो अंकको कमीसँगै बजार परिसूचक नेप्से २५६६ मा कायम भएको छ।

कारोबारका क्रममा दिउँसो ११ ः ४६ बजे र १२ ः २१ बजे नेप्सेले २६ सय अंक पार गरे पनि टिक्न सकेन । आज परिसूचक घटे पनि कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४५ करोडको भयो ।

८५ कम्पनीको मूल्य बढ्दा १५९ को घट्यो भने ६ को स्थिर रह्यो । होटल तथा पर्यटन समूह २.१५, व्यापार २.०० तथा हाइड्रोपावर ०.०१ प्रतिशत बढे ।

अन्य समूह १.२० प्रतिशत घट्यो । त्यस्तै बैंकिङ ०.३४, विकास बैंक ०.९१, फाइनान्स ०.७७, लगानी ०.१७, जीवन बीमा ०.६४, उत्पादन तथा प्रशोधन ०.२८ तथा निर्जीवन बीमा ०.१९ प्रतिशत घटे ।

दुई कम्पनी उपकार लघुवित्त र खानीखोला हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै मानुषी लघुवित्तको ९.९१, हिमालयन पावर पार्टनरको ८.७४ तथा आशा लघुवित्तको ७.६८ प्रतिशत मूल्य बढ्यो ।

पन्चकन्या माइ हाइड्रोपावरको ३.६९, सिनर्जी पावरको ३.२१ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा युनियन हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, बुटवल पावर, राधि विद्युत् र हिमालयन रिइन्स्योरेन्स छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?