+
+
Shares

सेयर बजार २८२४ अंकमा, १४ अर्ब ३२ करोडको कारोबार

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १ गते १५:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आइतबार नेप्से परिसूचक ४.४५ अंकले बढेर २८२४ अंकमा पुगेको छ।
  • १२४ कम्पनीको मूल्य बढ्दा १३० कम्पनीको मूल्य घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ।
  • सोलु हाइड्रोपावर दोस्रो बजारमा कारोबारमा आएको र चार कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ।

१ चैत, काठमाडौं । आइतबार सेयर बजार ४.४५ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २८२४ अंकमा कायम भएको छ । दिनभर बजार सामान्य उतारचढावमै सीमित रह्यो । कारोबार रकम केही दिनयता नै उल्लेख्य छ । अघिल्लो दिन १४ अर्ब ५५ करोडको कारोबार भएकोमा आज १४ अर्ब ३२ करोडको भयो ।

१२४ कम्पनीको मूल्य बढ्दा १३० को घट्यो भने ९ को स्थिर रह्यो । आज व्यापार समूह सबैभन्दा धेरै २.८३ प्रतिशत बढेको छ । त्यस्तै बैंकिङ ०.२१, विकास बैंक ०.७४, फाइनान्स ०.२२, हाइड्रोपावर ०.०६, उत्पादन तथा प्रशोधन ०.१२, माइक्रोफाइनान्स ०.१५, निर्जीवन बीमा ०.१६, अन्य ०.०३ प्रतिशत बढे ।

लगानी ०.५४, होटल तथा पर्यटन ०.६२ र जीवन बीमा ०.४६ प्रतिशत घटे ।

चार कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा सोलु हाइड्रोपावर, साल्पा विकास बैंक र होटल फरेस्ट इन छन् । सोलु हाइड्रोपावर आजैबाट दोस्रो बजारमा कारोबारमा आएको हो । ग्रिनलाइफ हाइडोपावरको ९.५३, अभियान लघुवित्तको ५.३१ प्रतिशत मूल्य बढ्यो ।

दरामखोला हाइड्रो इनर्जीको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । खानीखोला हाइड्रोपावरको ५.१८, थ्रीस्टार हाइड्रोपावरको ३.३५, हिमस्टार ऊर्जाको ३.३० प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा ग्रिनलाइफ हाइड्रोपावर, रिडी पावर, नेसनल हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर र राधि विद्युत् छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?