+
+
Shares

धनकुटमा वन डढेलो नियन्त्रण सप्ताह सुरु

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १ गते १५:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनकुटामा वन डढेलो रोकथाम तथा नियन्त्रणका लागि डिभिजन वन कार्यालयले वन डढेलो सचेतना सप्ताह सुरु गरेको छ।
  • वन डढेलो नियन्त्रण सप्ताह ७ चैतसम्म विभिन्न कार्यक्रम गरी मनाइने र जेठ मसान्तसम्म विशेष निगरानी गरिनेछ।
  • सप्ताहमा फायर लाइन सफा गर्ने, नमुना अभ्यास गर्ने र पातपतिङ्गर हटाउने कार्यक्रम सञ्चालन गरिने डिभिजन वन कार्यालय धनकुटाका प्रमुख सञ्जीवराज ढकालले जानकारी दिनुभयो।

१ चैत, धनकुटा । धनकुटामा वन डढेलो रोकथाम तथा नियन्त्रणका लागि वन डढेलो सचेतना सप्ताह सुरु भएको छ ।

सुक्खा मौसम सुरु भएसँगै वनमा डढेलोको जोखिम बढ्ने हुँदा त्यसको रोकथामका लागि सचेतना अभिवृद्धि गर्ने उद्देश्यले डिभिजन वन कार्यालय धनकुटाले वन डढेलो नियन्त्रण सप्ताह सुरु गरेको  हो।

यो वर्षको नारा ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिता, तिनै तहका सरकार र समुदायको सहभागिता’ भन्ने रहेको छ ।

७ चैतसम्म विभिन्न कार्यक्रम गरेर सप्ताह मनाइने र जेठ मसान्तसम्म डढेलोको समय भएकोले विशेष निगरानीका कार्यक्रम हुनेछ ।

वन डढेलो व्यवस्थापनका लागि निरोधात्मक उपाय अवलम्बन गर्दै वन डढेलोबाट हुने जनधन र वनको क्षति न्यूनीकरण गर्न वन डढेलो सचेतना सप्ताह सञ्चालन गरिएको डिभिजन वन कार्यालय धनकुटाका प्रमुख सञ्जीवराज ढकालले जानकारी दिए।

वन डढेलो नियन्त्रण सप्ताहमा समुदायमा वन डढेलो रोकथाम सम्बन्धी सचेतना गर्ने, फायर लाइन सफा गर्ने, नमुना अभ्यास गराउने, पातपतिङ्गर हटाउने तथा जलाउने लगायतका गरिने जनाइएको छ ।

धनकुटामा ३ सय ८७ वटा सामुदायिक वन रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?