+
+
Shares

एमालेले निर्वाचन आयोगमा बुझायो समानुपातिकको सूची (नामसहित)

नेकपा एमालेले समानुपातिकतर्फका उम्मेदवारको सूची निर्वाचन आयोगलाई बुझाएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १ गते १५:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेले समानुपातिकतर्फका १६ जनाको सांसदको नाम निर्वाचन आयोगलाई बुझाएको छ।
  • शनिबार बसेको एमाले सचिवालय बैठकले समानुपातिकतर्फ चयन हुने १६ जनाको नाम टुंगो लगाएको थियो।
  • एमालेले जनजाति, खस आर्य, थारु, दलित, मधेसी र मुस्लिम समुदायका महिला र पुरुष गरी १६ जनाको सूची सिफारिस गरेको छ।

१ चैत, काठमाडौं । नेकपा एमालेले समानुपातिकतर्फका उम्मेदवारको सूची निर्वाचन आयोगलाई बुझाएको छ।

शनिबार बसेको एमाले सचिवालय बैठकले समानुपातिकतर्फ चयन हुने १६ जनाको सांसदको नाम टुंगो लगाएको थियो ।

एमाले नेता निरज आचार्यसहितका नेताहरूले आज निर्वाचन आयोगमा पुगे ती नामसहितको सूची बुझाएका हुन् । निर्वाचन आयोगले आजसम्मका डेट लाइन दिएर दलहरूलाई समानुपातिक सूची बुझाउन भनेको थियो ।

यी हुन् एमालेले सिफारिस गरेका १६ नाम

जनजाति

महिला :

–भूमिका सुब्बा

–गंगादेवी श्रेष्ठ

पुरुष :

–रामबहादुर थापा मगर

–कुलभक्त शाक्य

खस आर्य

महिला :

–पद्मा अर्याल

–टुकाभद्रा हमाल

–एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)

पुरुष :

–गुरु प्रसाद बराल

–पुष्पराज कंडेल

थारु

–कृपाराम राना (पुरुष)

दलित

महिला :

–विष्णुमाया वी.के.

–नीता घतानी

मधेसी

महिला :

–रिङ्ला यादव

–यशोधा कुमारी यादव

पुरुष :

–चन्द्रेश्वर मण्डल (पुरुष)

मुस्लिम

महिला :

–साजिदा सिद्दीकी

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?