+
+
Shares

एमाले समीक्षा- नेतृत्वमाथि आक्रमणको यथार्थ जनतामा लैजान नसक्दा जनमत विपरीत आयो

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ३० गते १६:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेले पार्टी र नेतृत्वप्रति खडा भएको भाष्यभित्र लुकेको यथार्थ जनताबीच लैजान नसक्दा जनमत विपरीत आएको समीक्षा गरेको छ।
  • पार्टी उपमहासचिव लेखराज भट्टले जेनजी आन्दोलनका घटनाक्रम र नेतृत्वमाथि आक्रमणको यथार्थ जनतासम्म लैजान नसकेको बताए।
  • उनले अहिले पार्टी नेतृत्व परिवर्तनबारे विवाद नभएको दाबी पनि गर्नुभयो।

३० फागुन, काठमाडौं । नेकपा एमालेले पार्टी र नेतृत्वप्रति खडा भएको भाष्यभित्र लुकेको यथार्थ जनताबीच लैजान नसक्दा आफ्नो पार्टीको जनमत विपरीत आउन पुगेको समीक्षा गरेको छ ।

शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उपमहासचिव लेखराज भट्टले यस्तो समीक्षा सुनाएका हुन् ।

‘जेनजी आन्दोलनका घटनाक्रमहरू कसरी घटे, त्यहाँ के के भयो ? त्यहाँ पार्टीको भूमिका कस्तो रह्यो र जसरी नेतृत्व र पार्टीमाथि जसरी आक्रमण भयो त्यसको यथार्थ कुरो हामीले जनताबीच लैजान सकेनौं,’ उनले समीक्षा सुनाउँदै भने, ‘एउटा खालको भ्रम पैदा भयो । एमाले र नेतृत्वप्रति भाष्य खडा भयो । त्यसले नै हाम्रो विपरीत जनमत गयो भन्ने हाम्रो बुझाइ हो ।’

साथै, पार्टी नेतृत्व परिवर्तनबारे अहिले विवाद नभएको पनि उनको दाबी थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?