+
+
Shares

एमालेलाई मधेशमा समानुपातिक भन्दा प्रत्यक्षमा मत धेरै

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २८ गते १६:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेले मधेश प्रदेशमा समानुपातिकतर्फ १ लाख ८७ हजार ९०१ मत पाएको छ तर उम्मेदवारहरूले पाएको मत जोड्दा २ लाख २२ हजार ७१३ पुग्छ।
  • नेपाली कांग्रेसले मधेश प्रदेशमा समानुपातिकतर्फ २ लाख ८७ हजार ३२३ मत र प्रत्यक्षतर्फ २ लाख ३७ हजार ७८८ मत पाएको छ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीले मधेश प्रदेशमा समानुपातिकतर्फ १३ लाख ४६८ मत र प्रत्यक्षतर्फ १० लाख ६५ हजार ९७८ मत पाएको छ।

२८ फागुन, काठमाडौं । नेकपा एमालेले मधेश प्रदेशमा समानुपातिकतर्फ १ लाख ८७ हजार ९०१ मत पाएको छ । तर, मधेश प्रदेशमा एमालेका तर्फबाट उम्मेदवारहरूले पाएको मत जोड्दा भने समानुपातिकतर्फ पाएको भन्दा बढी हुन्छ ।

एमालेले मधेशका ३२ मध्ये सबै क्षेत्रमा उम्मेदवार उठाएको थियो । प्रत्यक्षतर्फ एउटा क्षेत्रमा पनि जित निकाल्न सकेन । चार क्षेत्रमा दोस्रो, १४ क्षेत्रमा तेस्रो, ९ क्षेत्रमा चौथो, दुई क्षेत्रमा पाचौं र तीन क्षेत्रमा सातौं भएको छ । यी सबै उम्मेदवारले पाएको मत जोड्दा २ लाख २२ हजार ७१३ पुग्दछ ।

नेपाली कांग्रेसले भने प्रत्यक्षमा भन्दा समानुपातिक मत नै धेरै पाएको छ । प्रत्यक्षतर्फ कांग्रेसका उम्मेदवारहरूले पाएको मत जोड्दा २ लाख ३७ हजार ७८८ पुग्छ । यो प्रदेशबाट कांग्रेसले समानुपातिकतर्फ भने २ लाख ८७ हजार ३२३ मत पाएको छ ।

नेपाली कम्युनिस्ट पार्टीले मधेश प्रदेशबाट समानुपातिकतर्फ १ लाख ७ हजार ६१२ मत पाएको छ । यो पार्टीबाट मधेश प्रदेशमा रहेका उम्मेदवारहरूले पाएको मत जोड्दा १ लाख ५२ हजार ४९७ पुग्छ ।

मधेश प्रदेशबाट समानुपातिकतर्फ राप्रपाले ३५ हजार ४६२ मत पाएको छ भने समानुपातिकतर्फ श्रम संस्कृति पार्टीको मत ९ हजार ८५४ छ । यो प्रदेशमा राप्रपाका प्रत्यक्षतर्फका उम्मेदवारले पाएको मत जोड्दा १५ हजार ६२२ र श्रम संस्कृति पार्टीका उम्मेदवारले पाएको जोड्दा ४ हजार १६ मत पुग्दछ ।

  प्रत्यक्ष समानुपातिक
रास्वपा १०,६५,९७८ १३,००,४६८
कांग्रेस २,३७,७८८ २,८७, ३२३
एमाले २,२२,७१३ १,८७, ९०१
नेकपा १,५२,४९७ १,०७,६१२
राप्रपा १५,६२२ ३५,४६२
श्रम संस्कृति ४,०१६ ९,८५४
#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?