+
+
Shares

उत्तर कोरियाद्वारा १० ब्यालेस्टिक मिसाइल प्रक्षेपण

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ३० गते १५:१०

३० फागुन, काठमाडौं । उत्तर कोरियाले पूर्वी सागरतर्फ झण्डै १० ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको छ । उत्तरले शनिबार पूर्वी सागरतर्फ ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको ज्वाइन्ट चिप्स अफ स्टाफ (जेसीएस) ले जानकारी दिएको बीबीसीमा समाचार छ ।

दक्षिण कोरिया र अमेरिका संयुक्त सैन्य अभ्यास गरिरहेको बेला उत्तर कोरियाले मिसाइल प्रक्षेपण गरेको समाचारमा उल्लेख छ । जेसीएसका अनुसार मिसाइलहरू उत्तर कोरियाको सुनान क्षेत्रबाट स्थानीय समयानुसार दिउँसो १ बजेर २० मिनेटमा प्रक्षेपण गरिएको थियो ।

उत्तर कोरियाले प्रक्षेपण गरेको यो सालको यो तेस्रो ब्यालेस्टिक मिसाइल परीक्षण हो । यसअघि जापानको रक्षा मन्त्रालयले पनि शनिबार भएके प्रक्षेपणको पुष्टि गरेको थियो ।

मन्त्रालयले आफ्नो आधिकारिक एक्स अकाउन्टमा भनेको थियो, ‘सम्भवत: एक ब्यालेस्टिक मिसाइल उत्तर कोरियाबाट प्रक्षेपण गरिएको छ ।’

यद्यपि, उत्तर कोरियाका तर्फबाट मिसाइल परीक्षणबारे कुनै प्रतिक्रिया आएको छैन ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?