+
+
Shares

उत्तर कोरियाले गर्‍यो दक्षिण कोरियातर्फ मिसाइल प्रक्षेपण

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ५ गते ७:५६

काठमाडौं । उत्तर कोरियाले दक्षिण कोरियातर्फ ब्यालिस्टिक मिसाइल प्रक्षेपण गरेको छ । बुधबार बिहान उत्तर कोरियाले आफ्नो पूर्वी क्षेत्रमा मिसाइल प्रक्षेपण गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ।

दक्षिण कोरियामा हुन लागेको एशिया-प्रशान्त आर्थिक सहयोग (एपीईसी) शिखर सम्मेलनभन्दा एक साताअघि भएको हो मिसाइल प्रक्षेपण भएको हो ।

उक्त सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङ, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र अन्य विश्व नेताहरू दक्षिण कोरियाको ग्येङ्जु सहरमा भेला हुने भनिएको छ ।

दक्षिण कोरियाको सेनाका अनुसार केही छोटो दूरीका ब्यालिस्टिक मिसाइल भएको र  जापान सागर (पूर्वी सागर) तर्फ प्रक्षेपण गरिएको पाइएको छ । यसबारे दक्षिण कोरियाली समाचार एजेन्सी योनहापले पनि जानकारी दिएको छ ।

दक्षिण कोरियाली सञ्चार माध्यमका अनुसार थप प्रक्षेपणा हुनसक्ने भन्दै सेनाले निगरानी बढाएको छ । यसबारेमा जापान र अमेरिकालाई पनि जानकारी गराएर सतर्कता अपनाइएको छ ।

समाचार एजेन्सी योनहापका अनुसार, उत्तर कोरियाले यसअघि मे ८ र मे २२ मा छोटो दूरीका ब्यालिस्टिक र क्रूज मिसाइलहरू पूर्वी सागरतर्फ प्रक्षेपण गरेको थियो । त्यसपछि यो पहिलो प्रक्षेपण हो, जुन दक्षिण कोरियाका नयाँ राष्ट्रपति ली जे म्युंगले जूनमा पदभार लिएपछि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?