+
+
Shares

एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु

चुनावी समीक्षा बैठकमै ढलेका थिए

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २८ गते १६:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण पोखराको मणिपाल शिक्षण अस्पतालमा निधन भएको छ।
  • थापा २०५४ सालमा पोखराको मेयर निर्वाचित भएका थिए र २०७४ सालमा गण्डकी प्रदेश सभा सदस्य थिए।
  • उनले २०७९ मा मेयर पदको निर्वाचनमा पराजित भएका थिए र यसपटकको चुनावमा टिकट रश्मी आचार्यलाई दिइएको थियो।

२८ फागुन, पोखरा । नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको निधन भएको छ । उनलाई हृदयघात भएर पोखराको मणिपाल शिक्षण अस्पतालमा लगिएको थियो ।

मनिपाल शिक्षण अस्पतालमा भर्ना गरिएका निधन भएको घटेको एमाले कास्की अध्यक्ष वैनबहादुर क्षेत्री अधिकारीले पुष्टि गरे । अस्पताल स्रोतले पनि थापाको निधन भएको जानकारी दिएको छ ।

कास्की कमिटीले आज चुनावी समीक्षा बैठक डाकेको थियो र थापा बैठकमै ढलेका थिए । उनी २०५४ सालमा पोखराको मेयर निर्वाचित भएका थिए ।२०७४ सालमा उनी गण्डकी प्रदेश सभा सदस्य थिए भने २०७९ मा उनी पोखराको मेयर पदको निर्वाचनमा पराजित भएका थिए ।

यसपटकको चुनावमा पनि थापाले नै टिकट प्राप्त गरेका थिए । तर, पछि त्यही टिकट रश्मी आचार्यलाई दिइएको थियो ।

कास्की जिल्ला कमिटीका पूर्वअध्यक्ष थापा जेनजी आन्दोलनपछिकोएमालेको महाधिवेशनमा पनि केन्द्रीय सदस्य बनेका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?