+
+
Shares

एमालेको सञ्चालन पद्धति र हठ जनताले अस्वीकार गरिसके : नेता पाण्डे

‘मानौँ, कसैले फसायो होला, अन्तर्घात भयो होला । तर, अन्तर्घातले ५-१० हजार मत तल-माथि होला । देखिएको ४०-५० हजारको मतान्तरलाई फसाइएको भनेर व्याख्या गर्नु जनताको विवेकको अपमान हो,’ पाण्डेले अगाडि लेखेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ३० गते २०:१०

३० फागुन, काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले एमालेको पूर्ण संरचना र कार्यशैली ‘रिसेट’ गर्नुपर्ने बेला आइसकेको बताएका छन् । शनिबार फेसबुकमा लामो स्टाटस लेख्दै नेता पाण्डेले ठुलो पराजयपछि नेतृत्वसँग नैतिक आधार बाँकी नरहेको टिप्पणी गरेका छन् ।

‘जब जनताले मतपत्रबाटै अस्वीकारको कठोर फैसला सुनाइसकेका छन्, तब आफ्ना कार्यकर्तालाई सत्य बोलेको आधारमा कारबाहीको धम्की दिनु कतिसम्म बुद्धिमानी होला ?,’ पाण्डेले प्रश्न गर्दै लेखेका छन्, ‘यति ठूलो नैतिक पराजयपछि पनि अरूलाई कारबाही गर्ने नैतिक आधार अब नेतृत्वसँग कति बाँकी छ ?’

एमालेको पूर्ण संरचना र कार्यशैली रिसेट गर्नुपर्ने बेला आइसकेको उनले बताएका छन् । ‘यस्तो गम्भीर मोडमा पनि सबै ठीक थियो, हामीलाई त फसाइयो भन्ने निष्कर्ष निकाल्नु आफैँलाई धोका दिनु हो,’ उनले लेखेका छन् । जनताले दिएको मतको मात्रा हेर्दा फसाएको वा अन्तर्घात गरेको भन्ने कुरा जनताको अपमान भएको नेता पाण्डेले टिप्पणी गरेका छन् ।

‘मानौँ, कसैले फसायो होला, अन्तर्घात भयो होला । तर, अन्तर्घातले ५-१० हजार मत तल-माथि होला । देखिएको ४०-५० हजारको मतान्तरलाई फसाइएको भनेर व्याख्या गर्नु जनताको विवेकको अपमान हो,’ पाण्डेले अगाडि लेखेका छन् ।

यो कुनै षड्यन्त्र पनि नभएको उनले दाबी गरे । ‘यो एमालेको वर्तमान सञ्चालन पद्धति र हठलाई जनताले पूर्ण रूपमा रिजेक्ट गरेको सन्देश हो,’ पाण्डेले लेखेका छन्, ‘अब पनि हामीले आफ्नो तरिका बदल्ने आँट गरेनौँ र अरू असफल होलान् र फेरि हाम्रो पालो आउला भन्ने सोचमै अल्झिरह्यौँ भने त्यो पार्टी र देश दुवैका लागि घातक हुनेछ ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?