+
+
Shares

मध्यपूर्व तनाव : यूएईमा भ्रामक सूचना फैलाएको आरोपमा एक नेपालीसहित १० जना पक्राउ

मध्यपूर्वमा जारी युद्धबारे एआईको दुरुपयोग गरी भ्रामक सूचना फैलाएको भन्दै युएईमा १० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एकजना नेपाली पनि रहेको बताइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ३० गते १८:१२

३० फागुन, काठमाडौं । मध्यपूर्वमा जारी युद्धबारे एआईको दुरुपयोग गरी भ्रामक सूचना फैलाएको भन्दै यूएईमा १० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एकजना नेपाली पनि रहेको बताइएको छ ।

गल्फन्युजमा सार्वजनिक समाचारअनुसार १० जनामध्ये एक जना नेपाली पनि छन् । जसमा आँखा छोपिएको अवस्थामा तस्वीर पनि सार्वजनिक छन् । तर, अन्य परिचय भने खुलाइएको छैन ।

युएईका महान्यायाधिवक्ता हमाद सैफ अल शम्सीले सामाजिक सञ्जालमा झुटा र भ्रामक भिडिओ क्लिप सार्वजनिक गरेको आरोपमा ती १० जनालाई पक्राउ गर्न आदेश दिएका हुन् । अनुसन्धानपछि पक्राउ परेका अभियुक्तलाई द्रुत सुनुवाइका लागि अदालतमा पेश गरिएको त्यहाँको प्रहरीलाई उधृत गर्दै गल्फन्युजले जनाएको छ ।

डिजिटल प्लेटफर्ममा निरन्तर निगरानीका क्रममा ती व्यक्तिहरूले मध्यपूर्वको क्षेत्रीय घटनाक्रमको फाइदा उठाउँदै जनतालाई भ्रमित पार्ने र राष्ट्रिय सुरक्षा, सार्वजनिक व्यवस्था तथा स्थिरता कमजोर बनाउने उद्देश्यले भ्रामक सामग्री प्रसार गरेको पाइएको अधिकारीहरूले बताएका छन् ।

ती व्यक्ति प्रसार गरेका सामग्रीमा एयर डिफेन्स सिस्टमले गरेको प्रतिरक्षाका वास्तविक दृश्य, मानिसका भीडजस्ता दृश्य पनि भेटिएको अधिकारीहरूले जनाएका छन् । यस्तै कतिपय एआईको दुरुपयोग गरेर बनाएका नक्कली भिडिओसमेत सामेल भएको भनिएको छ ।

जसमा युएईका विभिन्न स्थानमा ठुला विस्फोट, प्रमुख स्थलहरूमा आक्रमण र भीषण आगलागी जस्ता भ्रामक दृश्य देखाइएको भनिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?