+
+
Shares

उपचारका क्रममा सुर्खेतमा सुत्केरीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ३० गते १९:१६

३० फागुन, कर्णाली । तिला गाउँपालिका–३ जुम्ला सार्कीबाडाकी २० वर्षीय अस्मिता नेपालीको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको छ । यही फागुन २५ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एक शिशुलाई जन्म दिएकी नेपालीको स्वास्थ्य अवस्था जटिल बनेपछि बिहीबार थप उपचारका लागि हेलिकोप्टरमार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लगिएको थियो ।

उपचारका क्रममा बिहीबार राति अस्मिताको मृत्यु भएको प्रदेश अस्पताल सुर्खेतका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा ललिजङ्ग शाहीले जानकारी दिए । ‘नेपालीको गर्भावास्थामा प्रेसर बढेर अस्पताल पुर्‍याइएको थियो । बिरामीमा मिर्गौला र कलेजको पनि समस्या थियो । प्रसूति तथा स्त्रीरोग विशेषज्ञले गर्नुपर्ने उपचार जुम्लामा नभएकाले यहाँ ल्याइएको थियो,’ उनले भने ।

शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँ लैजाने भनिए पनि सिधैँ त्यहाँ लैजाने अवस्था नभएकाले डायलोसिस हुन सक्छ कि भनेर यहाँ ल्याइएको जनाउँदै डा शाहीले सेन्ट्रल भेनस क्याथेटराइजेसन (सिभिसी) खोल्न नमिलेपछि सघन उपचार कक्ष (आइसियु) राखेर उपचार थालिएको बताए । उनका अनुसार उपचारको क्रममा बिहीबार राति १:०० नेपालीको मृत्यु भएको हो ।

अस्मिताको स्वास्थ्य अवस्थामा सुधार नआएपछि प्रतिष्ठानको सघन कक्षमा राखेर उपचार गरिएको थियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका निर्देशक कमल थानीले बिरामीको अवस्था जटिल बन्दै गएपछि स्वास्थ्यमा थप सुधार ल्याउन राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकोप्टरमार्फत सुर्खेत पुर्‍याइएको बताउँदै उपचारका क्रममा राति मृत्यु भएको जानकारी दिए ।

उनका अनुसार अस्मिताको कलेजो र मिर्गाैलामा समस्या देखिएको थियो । चार दिनअघि जुम्ला प्रतिष्ठानमा शिशुको जन्म दिएकी अस्मिताको उपचारका क्रममा मृत्यु भएको बताउँदै उनले नवजात शिशुको अवस्था भने सामान्य रहेको उल्लेख गरे ।

मृतकका श्रीमान् राज नेपालीले निरन्तर प्रयास गरे पनि अस्मितालाई बचाउन नसकिएको दु:खेसो व्यक्त गर्नुभयो । नवजात छोरीको अवस्था सामान्य रहेको उनको भनाइ छ ।

राजका अनुसार आर्थिक अवस्था कमजोर भएकाले ऋण गरेर सुर्खेतबाट कर्णाली राजमार्ग हुँदै आज शव जुम्लामा पुर्‍याइएको छ । आजै दाहसंस्कार पनि गरिने परिवारले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?