+
+
Shares

अनलाइनखबरकर्मी ऋतु काफ्ले सम्मानित

उपभोक्ता अधिकार संरक्षण, संवर्द्धन तथा जागरणमा सञ्चार माध्यम मार्फत पुर्‍याएको योगदानको कदर गर्दै उपभोक्ता संरक्षण विभागले काफ्लेलाई आइतबार सम्मान गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १ गते १५:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्व उपभोक्ता अधिकार दिवसमा अनलाइनखबरकर्मी ऋतु काफ्ले उपभोक्ता अधिकार संरक्षणमा योगदान पुर्‍याएको भन्दै सम्मानित भएकी छिन्।
  • उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले ४२औं उपभोक्ता दिवसमा काफ्लेलाई सम्मानपत्र हस्तान्तरण गरेका छन्।
  • कार्यक्रममा उपभोक्ता क्षेत्रमा काम गरेका उपभोक्ताकर्मी र पत्रकारहरू समेत सम्मानित भएका थिए।

१ चैत, काठमाडौं । विश्व उपभोक्ता अधिकार दिवसमा अनलाइनखबरकर्मी ऋतु काफ्ले सम्मानित भएकी छिन् ।

उपभोक्ता अधिकार संरक्षण, संवर्द्धन तथा जागरणमा सञ्चार माध्यम मार्फत पुर्‍याएको योगदानको कदर गर्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काफ्लेलाई आइतबार सम्मान गरेको हो ।

४२औं उपभोक्ता दिवसमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले काफ्लेलाई सम्मानपत्र हस्तान्तरण गरेका छन् । कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुसूदन बुर्लाकोटी, विभागका महानिर्देशक रोशन ज्ञवाली, उपभोक्ताकर्मी लगायत सहभागी थिए ।

अनलाइनखबरकर्मी काफ्ले उपभोक्ता, उद्योग, कृषि लगायत क्षेत्रमा कलम चलाउँदै आएकी छिन् ।

कार्यक्रममा उपभोक्ता क्षेत्रमा काम गरेका उपभोक्ताकर्मी तथा उपभोक्ता अधिकारको क्षेत्रमा कलम चलाउने अन्य पत्रकार समेत सम्मानित भएका छन् ।

‘सुरक्षित उत्पादन, विवेकशील उपभोक्ता र जिम्मेवार प्रशासन’ भन्ने नारासाथ आज विश्व उपभोक्ता अधिकार दिवस २०८२ मनाइएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?