१६ वैशाख, काठमाडौं । नेपाल पत्रकार महासंघले अनलाइनखबरकर्मी कमल प्रसाईंमाथि आक्रपण गर्नेलाई कानुनी कारवाही गर्न माग गरेको छ ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘महासंघ यो आपराधिक कार्यमा संलग्नलाई तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गर्दछ ।’
काठमाडौं उपत्यकाको मनोहरास्थित सुकुमवासी बस्तीको रिपोर्टिङको क्रममा वैशाख १२ गते प्रसाईंमाथि ज्यान मार्ने उद्देश्यले आक्रमण भएको थियो । आक्रमणबाट घाइते प्रसाईंको नाकको अपरेसन गरिएको छ ।
आक्रमणकारीले प्रसाईंको क्यामेराको मेमोरी कार्ड समेत खोसेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4