+
+
Shares

२५९६ अंकमा झर्‍यो सेयर बजार, बढ्यो कारोबार

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २० गते १५:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सेयर बजारको परिसूचक नेप्से बिहीबार ११.२९ अंक घटेर २५९६ अंकमा झरेको छ।
  • बजारमा ७७ कम्पनीको मूल्य बढ्दा १६५ कम्पनीको मूल्य घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर छ।
  • दरामखोला हाइड्रोपावर र माबिलुङ इनर्जीको मूल्य १० प्रतिशतले बढेको छ र यी कम्पनी हालै सूचीकृत भएका हुन्।

२० कात्तिक, काठमाडौं । बिहीबार सेयर बजारको परिसूचक नेप्से २५९६ अंकमा झरेको छ ।

अघिल्लो दिन २६०७ अंकमा रहेको बजारको परिसूचक नेप्से आज ११.२९ अंक घटेको हो । कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ६८ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४१ करोडको भयो ।

७७ कम्पनीको मूल्य बढ्दा १६५ को घट्यो भने ९ को स्थिर रह्यो । सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो ।

बैंकिङ ०.४३, विकास बैंक ०.५४, फाइनान्स ०.१७, होटल तथा पर्यटन ०.२५, जलविद्युत् ०.६८, लगानी ०.११, जीवन बीमा ०.५७, माइक्रोफाइनान्स ०.१३, निर्जीवन बीमा ०.९९, अन्य ०.६२ तथा व्यापार ०.२१ प्रतिशत घटे । उत्पादन तथा प्रशोधन समूह ०.१२ प्रतिशत बढ्यो ।

दरामखोला हाइड्रोपावर र माबिलुङ इनर्जीको मूल्य १० प्रतिशत बढ्यो । यी दुबै कम्पनी हालै सूचीकृत भइ कारोबारमा आएका हुन् । दरामखोलाको मूल्य प्रतिकित्ता ४४२.४० तथा माबिलुङको ४२२.७० कायम भएको छ । उपकार लघुवित्तको ८.१५, उन्नति सहकार्य लघुवित्तको ८.११ तथा मानुषी लघुवित्तको मूल्य ७.९७ प्रतिशत बढ्यो ।

सम्पदा लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । पिपुल्स पावरको ४.३७, मोदी इनर्जीको ३.०७ प्रतिशत घट्यो । आज रकमका आधारमा धेरै कारोबार भएका पाँच कम्पनीमा शिवम् सिमेन्ट, राधि विद्युत्, हिमालयन डिस्टिलरी, एनआरएन इन्फ्रास्ट्रक्चर र युनियन हाइड्रोपावर रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?