+
+
Shares

रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २ गते १७:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–७ भैसाहीस्थित सडकमा शनिबार बिहान मोटरसाइकल दुर्घटना हुँदा ३५ वर्षीया श्रीभावत धोवीको मृत्यु भएको छ।
  • श्रीभावत धोवीको सिटी अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
  • दुर्घटनामा घाइते मोटरसाइकल चालक र अर्को सवारको सोही अस्पतालमा उपचार भइरहेको छ।

२ जेठ, काठमाडौं । रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।

लुम्बिनी साँस्कृतिक नगरपालिका–७ भैसाहीस्थित सडकमा मंगलपुरबाट पर्सातर्फ आउँदै गरेको युपि ५५ एएच ८०९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार बिहान दुर्घटना भएको थियो ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, उक्त दुर्घटना हुँदा मोटरसाइकलमा सवार कोटहीमाई गाउँपालिका–५ नोउडीहवा बस्ने ३५ वर्षीया श्रीभावत धोवीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको सिटी अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?