+
+
Shares

धनगढीमा गणको छतबाट खसेर प्रहरी कार्यालयका सहयोगीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३ गते १६:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीको मेसको छतबाट खसेका २७ वर्षीय प्रहरी कार्यालय सहयोगी अजय चौधरीको उपचारका क्रममा मृत्यु भएको छ।
  • चौधरीले सरसफाइ गर्ने क्रममा बिहीबार बिहान ८ बजेतिर मेसको भान्साको माथिल्लो तलाको छतबाट खसेका थिए।
  • चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

३ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीको मेसको छतबाट खसेका भान्छेको मृत्यु भएको छ ।

सरसफाइ गर्ने क्रममा बिहीबार गणको मेसको माथिल्लो तला (छत) बाट खसेर कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ स्थायी ठेगाना भएका २७ वर्षीय प्रहरी कार्यालय सहयोगी अजय चौधरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले बिहीबार बिहान ८  बजेतिर  मेशको भान्साको माथिल्लो तलाको छतमा सरसफाइ गर्ने क्रममा खसेर बेहोस भएका चौधरीको शुक्रबार मृत्यु भएको बताए ।

चौधरीको  सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियोे । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?