+
+
Shares

टर्किस एयरको जहाज मुख्य धावनमार्गमै अड्किएपछि अन्तर्राष्ट्रिय उडान प्रभावित

सो जहाज अहिले विमानस्थलको मुख्य धावनमार्गमै रोकिएको छ । प्राविधिकहरुले जहाजको परीक्षण गरिरहेका छन् । परीक्षण सकिएपछि त्यसलाई धावनमार्गबाट हटाइने छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २८ गते ७:३९

२८ वैशाख, काठमाडौं । काठमाडौंमा अवतरणको क्रममा टर्किस एयरलाइन्सको जहाजमा आगो देखिएर मुख्य धावनमार्गमै रोकिएपछि अन्तर्राष्ट्रिय उडान अवतरण प्रभावित भएको छ ।

जहाज धावनमार्गमै अड्किएकाले अन्तर्राष्ट्रिय उडानका ठूला जहाजहरुको नियमित तालिका प्रभावित भएको छ ।

सो जहाज अहिले विमानस्थलको मुख्य धावनमार्गमै रोकिएको छ । प्राविधिकहरुले जहाजको परीक्षण गरिरहेका छन् । परीक्षण सकिएपछि त्यसलाई धावनमार्गबाट हटाइने छ ।

इस्तानबुलबाट काठमाडौं आएको टीके ७२६ जहाज आज बिहान पौने सात बजेतिर अवतरण गर्ने क्रममा चक्कामा आगो लागेको थियो । सो आगो दमकल प्रयोग गरी निभाइएको थियो । यात्रुहरुलाई इर्मेन्सी ढोका खोलेर उद्धार गरिएको थियो ।

सो जहाजमा करिब २७८ यात्रु, केही शव र धेरै सामानहरु रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?