+
+
Shares

टर्किस जहाज अवतरण गर्नै लाग्दा ‘ओभरसुट’, ढाका ‘डाइभर्ट’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार टर्किसको उडान नम्बर टीके७२६ जहाजमा अवतरण गर्ने क्रममा प्राविधिक समस्या आउँदा लगत्तै ओभरसुट गरेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ६ गते १३:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टर्किस एयरलाइन्सको इस्तानबुलबाट काठमाडौं आएको जहाजमा प्राविधिक समस्या आएपछि ओभरसुट गरी बंगलादेशको ढाका गएको छ।
  • त्रिभुवन विमानस्थलका अनुसार जहाजमा समस्या आएपछि चालकदलले अवतरण नगरी ढाका डाइभर्ट गर्ने निर्णय गरेको थियो।
  • यसअघि माघ २१ मा टर्किसको जहाज काठमाडौंबाट उडेपछि इन्जिनमा आगलागी भएर कोलकाता डाइभर्ट भएको थियो।

६ फागुन, काठमाडौं । टर्कीको इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा प्राविधिक समस्या उत्पन्न हुँदा ‘ओभरसुट’ गरी बंगलादेशको ढाका गएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार टर्किसको उडान नम्बर टीके७२६ जहाजमा अवतरण गर्ने क्रममा प्राविधिक समस्या आउँदा लगत्तै ओभरसुट गरेको थियो ।

‘विमानस्थलका कारण नभई टर्किसको जहाजमै प्राविधिक समस्या आएको थियो,’ विमानस्थलका एक अधिकारीले भने, ‘जहाजको चालकदलले यहीँ अवतरण नगर्ने बरु बंगलादेशको ढाका डाइभर्ट गर्ने भनेपछि उतै गयो ।’

टर्किसको ए३३० सिरिजको उक्त वाइड बडी जहाज बुधबार बिहान ११:१० बजे त्रिभुवन विमानस्थल अवतरण गर्ने तालिका थियो । जहाज १०:५६ बजे विमानस्थल आइपुग्ने अनुमानित समय थियो ।

टर्किसको उक्त जहाज केही बेरअघि ढाकामा सुरक्षित अवतरण गरिसकेको छ ।

यसअघि २१ माघमा पनि टर्किसको जहाज काठमाडौंबाट उडे लगत्तै ४ मिनेटमा दायाँ इन्जिनमा आगलागी भएको थियो । चालकदलले जहाज १५ मिनेट होल्ड गरेर बायाँ इन्जिनका भरमा भारतको कोलकाता डाइभर्ट गरेको थियो ।

त्यसैगरी थाइल्यान्डको बैंककबाट आएको थाई एयरवेजको जहाज भने विमानस्थलमा बढी हावा चलेका कारण अवतरण गर्न नसकी केही बेर ‘होल्ड’ गरेको थियो । अहिले थाई एयरवेज अवतरण गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?