+
+
Shares

ट्रमा सेन्टरको ‘सुनिल क्यान्टिन’ लाई वाणिज्य विभागको जरिबाना

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ६ गते १५:०३

६ फागुन, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार काठमाडौंका विभिन्न १३ व्यावसायिक फर्ममाथि कारबाही तथा निर्देशन जारी गरेको छ ।

अनुगमन क्रममा कैफियत भेटिएपछि काठमाडौं महानगरपालिका–११ स्थित ट्रमा सेन्टरमा सञ्चालित ‘सुनिल क्यान्टिन’ लाई ५ हजार रुपैयाँ जरिबाना गरिएको छ ।

यस्तै चाबहिलमा रहेको हेल्दी बाइट्स् सर्भिसेस प्रालिलाई व्यवसायसँग सम्बन्धित आवश्यक कागजात ३ दिनभित्र विभागमा उपस्थित भई पेस गर्न निर्देशन दिइएको विभागले जनाएको छ ।

अनुगमन गरिएका अन्य ११ फर्महरूलाई भने सुधारका लागि सामान्य निर्देशन दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?