News Summary
Generated by OK AI. Editorially reviewed.- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकाका १३ उद्योग तथा फर्मलाई कारबाही र निर्देशन दिएको छ।
- थिमिले स्टोरलाई ११ हजार र न्यु म्याक्स स्टोरलाई ५ हजार रुपैयाँ नगद जरिबाना गरिएको छ।
- हिमालय डेरी प्रोडक्ट्स र पुप्सा डेरीलाई कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।
४ फागुन, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन क्रममा कैफियत भेटिएका काठमाडौं उपत्यकाका विभिन्न १३ उद्योग तथा फर्मलाई कारबाही र आवश्यक निर्देशन दिएको छ।
विभागले सोमबार गरेको नियमित अनुगमन क्रममा दुई व्यावसायिक फर्मलाई तत्कालै नगद जरिबाना गरेको छ ।
ललितपुर महानगरपालिका–१५ टुटेपानीमा रहेको थिमिले स्टोरलाई ११ हजार रुपैयाँ र भक्तपुरको सूर्यविनायक नगरपालिका–५ सल्लाघारीस्थित न्यु म्याक्स स्टोरलाई ५ हजार जरिबाना गरिएको छ।
त्यसैगरी विभागले केही डेरी उद्योगलाई थप अनुसन्धानका लागि व्यावसायिक कागजात सहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।
ललितपुर महानगरपालिका–१९ मा रहेको हिमालय डेरी प्रोडक्ट्स प्रालिलाई ३ दिनभित्र र काठमाडौं बूढानीलकण्ठ नगरपालिका–४ मा रहेको पुप्सा डेरी प्रालिलाई ७ दिनभित्र आवश्यक कागजात सहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।
बजार अनुगमनकै क्रममा अन्य ९ फर्मलाई सुधारका लागि सामान्य निर्देशन दिइएको छ । विभागका अनुसार चाँगुनारायण नगरपालिकाको भैरव खाद्यान्न सप्लायर्स, ललितपुर महानगरपालिकाको सबिन स्टोर र एसजी स्टोर, काठमाडौं बसुन्धारास्थित दीलिप स्विट हाउस र बूढानीलकण्ठको न्यु खड्का किराना भण्डारलाई सामान्य निर्देशन दिइएको छ ।
यसैगरी भक्तपुर क्षेत्रमा रहेका इन्द्रायणी डेरी प्रालि, जय सञ्जीवनी डेरी उद्योग, जगदम्बा डेरी फुड एन्ड बेभरेज प्रालि र सूर्यविनायकको गायत्री स्पाइसेस एन्ड फुड प्रोडक्ट्स प्रालिलाई पनि अनुगमन टोलीले आवश्यक सुधारका लागि सामान्य निर्देशन दिएको छ ।
प्रतिक्रिया 4