+
+
WC Series
Nepal Women
68/9 (13.5)
VS
Scotland won by 72 runs
Won Scotland Women
140/10 (20)
Shares

काटर्स इन्टरप्राइजेजलाई वाणिज्य विभागको ५० हजार जरिबाना, १६ लाई सुधार निर्देशन

विभागका अनुसार काटर्स इन्टरप्राइजेजले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा २० (२) र दफा ३८ (ट) बमोजिमको कसुर गरेको पाइएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १२ गते १५:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंको काटर्स इन्टरप्राइजेज प्रालिलाई उपभोक्ता संरक्षण ऐन उल्लंघन गरेको भेटिएपछि ५० हजार रुपैयाँ जरिबाना तिराएको छ।
  • विभागले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा २० (२) र दफा ३८ (ट) अनुसार काटर्स इन्टरप्राइजेजले कसुर गरेको पाइएको उल्लेख गरेको छ।
  • अनुगमन क्रममा अन्य १६ व्यावसायिक फर्मलाई विभागले सामान्य निर्देशन दिएको छ।

१२ माघ, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन क्रममा उपभोक्ता हित विपरीत कार्य गर्ने काठमाडौंको एक फर्मलाई ५० हजार रुपैयाँ जरिबाना तिराएको छ ।

विभागले आइतबार गरेको अनुगमन क्रममा काठमाडौं महानगरपालिका–४ स्थित काटर्स इन्टरप्राइजेज प्रालिलाई उपभोक्ता संरक्षण ऐनको उल्लंघन गरेको भेटिएपछि कारबाही स्वरूप जरिबाना गरेको हो ।

विभागका अनुसार काटर्स इन्टरप्राइजेजले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा २० (२) र दफा ३८ (ट) बमोजिमको कसुर गरेको पाइएको थियो ।

जरिबानामा परेको फर्मबाहेक आइतबार नै अनुगमन गरिएका अन्य १६ व्यावसायिक फर्मलाई भने विभागले सामान्य निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?