+
+
Shares

एटीएल प्रोडक्सन हाउस र बालकुमारी प्लास्टिक उद्योगलाई वाणिज्य विभागको जरिबाना

बजार अनुगमन क्रममा नियम उल्लंघन गरेको भेटिएपछि ती उद्योगलाई जरिबाना तिराइएको हो।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २६ गते ११:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले तोकेको मापदण्ड विपरीत प्लास्टिकजन्य सामग्री उत्पादन तथा बिक्री गर्ने दुई उद्योगलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जरिबाना गरेको छ।
  • ललितपुरको बालकुमारी प्लास्टिक उद्योगलाई ५० हजार र चन्द्रागिरिस्थित एटीएल प्रोडक्सन हाउसलाई ५१ हजार रुपैयाँ जरिबाना गरिएको छ।
  • विभागले काठमाडौं उपत्यकाभित्रका अन्य ८ फर्मलाई ४० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिकका झोला बिक्री नगर्न निर्देशन दिएको छ।

२६ पुस, काठमाडौं । सरकारले तोकेको मापदण्ड विपरीत प्लास्टिकजन्य सामग्री उत्पादन तथा बिक्री गर्ने दुई उद्योगलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको छ ।

शुक्रबार गरिएको बजार अनुगमन क्रममा नियम उल्लंघन गरेको भेटिएपछि ती उद्योगलाई जरिबाना तिराइएको हो।

विभागले ललितपुरको बालकुमारी प्लास्टिक उद्योगलाई ५० हजार रुपैयाँ र चन्द्रागिरिस्थित एटीएल प्रोडक्सन हाउसलाई ५१ हजार रुपैयाँ जरिबाना गरेको हो ।

जरिबाना गरिएका उद्योग बाहेक विभागले काठमाडौं उपत्यकाभित्रका अन्य ८ व्यावसायिक फर्मलाई पनि सचेत गराएको छ ।

ती फर्मलाई ४० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिकका झोला बिक्री वितरण नगर्न निर्देशन दिइएको छ । साथै, अन्य दुई फर्मलाई सामान्य निर्देशन दिइएको विभागले जनाएको छ ।

सरकारले वातावरण प्रदूषण कम गर्न ४० माइक्रोनभन्दा कमका प्लास्टिकका झोला उत्पादन, आयात र बिक्री वितरणमा पूर्णरोक लगाएको छ ।

विभागले नियमित बजार अनुगमन क्रममा यो नियमको पालना नभएको पाइए कानुन बमोजिम जरिबाना तथा कारबाही गरिने स्पष्ट पारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?