+
+
Shares

होटल–रेस्टुरेन्टमा वाणिज्यको अनुगमन, ४ वटालाई ७० हजार जरिबाना

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ६ गते १९:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबारदेखि होटल तथा रेस्टुरेन्टमा अनुगमन तीव्रता दिएको छ।
  • शुक्रबार र आइतबार विभागले ३२ वटा होटल तथा रेस्टुरेन्ट अनुगमन गरी ४ वटा कारबाही गरेको छ।
  • अनुगमनमा फ्रेस टप क्वालिटी मःम एन्ड फास्ट फुड सेन्टरलाई ५ हजार र प्रिया स्विट एन्ड चाट हाउसलाई ५० हजार रुपैयाँ जरिवाना तिराइएको छ।

६ पुस, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबारदेखि होटल तथा रेस्टुरेन्ट लक्षित अनुगमनलाई तीव्रता दिएको छ । विभागले शुक्रबारदेखि होटल तथा रेस्टुरेन्टमा अनुगमन सुरु गरेको हो ।

शुक्रबार र आइतबार गरी विभागले ३२ वटा होटल तथा रेस्टुरेन्ट अनुगमन गरेको छ । अनुगमनका क्रममा ४ वटा होटल तथा रेस्टुरेन्टलाई कारबाही गरिएको छ । विभागको अनुगमन टोलीले शुक्रबार १६ वटा होटल तथा रेस्टुरेन्टमा अनुगमन गरेकामा २ वटालाई १५ हजार रुपैयाँ जरिबाना तिराएको थियो ।

शुक्रबार अनुगमनका क्रममा अनुगमन टोलीले टोखा नगरपालिका–९ गोंगबुको फ्रेस टप क्वालिटी मःम एन्ड फास्ट फुड सेन्टरलाई ५ हजार र मड्का बिर्यानी प्रालिलाई १० हजार रुपैयाँ जरिबाना तिराएको थियो ।

यस्तै आइतबार पनि १६ वटामै गरिएको अनुगमनमा २ वटालाई ५५ हजार रुपैयाँ जरिबाना तिराएको छ । अनुगमनका क्रममा काठमाडौं महानगरपालिका–३ महाराजगञ्जको प्रिया स्विट एन्ड चाट हाउसलाई ५० हजार रुपैयाँ र टोखा–११ को आई क्याफे रेस्टुरेन्ट एन्ड बारलाई ५ हजार रुपैयाँ जरिबाना तिराइएको विभागले जनाएको छ ।

अनुगमन गरिएका अन्य २८ वटा होटल तथा रेस्टुरेन्टलाई सामान्य निर्देशन दिइएको छ ।  विभागले उपभोक्ताको हकहित संरक्षणका लागि बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।

पछिल्लो समय विभागले उत्पादनमा मूल्यसूची र दर्ता प्रमाणपत्र नराखेको, एमआरपी नराखेको, रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएपछि जरिबाना तिराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?