+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
139/9 (20)
VS
Sudurpaschim royals won by 45 runs
कर्णाली याक्स 2025
94/10 (19.2)
Shares

दर्जन बढी उद्योग तथा फर्मलाई वाणिज्य विभागको साढे ३ लाख जरिबाना

१४ मध्ये ६ वटा उद्योग तथा फर्मलाई कुल ३ लाख ४५ हजार रुपैयाँ बराबर जरिबाना तिराइएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ८ गते २०:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार १४ वटा उद्योग तथा फर्म अनुगमन गरी ६ वटालाई कुल ३ लाख ४५ हजार रुपैयाँ जरिबाना तिराएको छ।
  • भक्तपुरको हलेसी मार्ट प्रालिलाई २ लाख र ओम शिव शक्ति सेरामिक प्रालिलाई ५० हजार रुपैयाँ जरिबाना तिराइएको विभागले जनाएको छ।
  • थप ८ उद्योग तथा फर्मलाई सामान्य निर्देशन र व्यवसायसँग सम्बन्धित कागजात सहित उपस्थित हुन सूचना जारी गरिएको छ।

८ मंसिर, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक दर्जन बढी उद्योग तथा फर्म अनुगमन गरी करिब साढे ३ लाख रुपैयाँ जरिबाना तिराएको छ ।

वाणिज्य विभागले सोमबार १४ वटा उद्योथ तथा फर्म अनुगमन गरेको थियो । तीमध्ये ६ वटालाई कुल ३ लाख ४५ हजार रुपैयाँ बराबर जरिबाना तिराइएको हो ।

विभागले उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार जरिबाना तिराएको जनाएको छ ।

विभागका अनुसार भक्तपुर मध्यपुर थिमि नगरपालिका–२ स्थित हलेसी मार्ट प्रालिलाई २ लाख रुपैयाँ र वडा नम्बर ३ को ओम शिव शक्ति सेरामिक प्रालिलाई ५० हजार रुपैयाँ जरिबाना तिराइएको हो ।

त्यस्तै काठमाडौं महानगरपालिका–१६ को होम मेड स्पाइन्स एन्ड टि सपलाई २० हजार र मध्यपुर थिमि–३ गठ्ठाघरको जीकेएसएस इन्टरप्राइजेज प्रालिलाई १० हजार जरिबाना गरिएको हो ।

यसैगरी काठमाडौं–१७ को आशिष ट्रेड लिंकलाई १० हजार र सोही वडाको आईके सर्जिकल सप्लायर्स प्रालिलाई ५५ हजार रुपैयाँ जरिबाना गराइएको विभागले जनाएको छ ।

विभागले थप ८ उद्योग तथा फर्मलाई सामान्य निर्देशन तथा व्यवसायसँग सम्बन्धित कागजात सहित उपस्थित हुन सूचना जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?