+
+
Shares

मेलम्चीमा निजी स्वास्थ्य संस्था र डेन्टलमा संयुक्त अनुगमन, पाँचमध्ये दुई बन्द

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २९ गते १८:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका र इलाका प्रहरी कार्यालय मेलम्चीद्वारा मेलम्ची क्षेत्रका निजी स्वास्थ्य संस्था र क्लिनिकहरूमा संयुक्त अनुगमन गरिएको छ।
  • अनुगमनमा कानुनी प्रक्रिया र स्वास्थ्य मापदण्ड पुरा नगरी सञ्चालन भएका विभिन्न स्वास्थ्य संस्था विरुद्ध कारबाही प्रक्रिया अगाडि बढाइएको छ।
  • इन्द्रावती डेन्टल क्लिनिक र जुगल डेन्टल क्लिनिकलाई अनुमति र मापदण्ड नपुरा गरेको कारण पूर्ण रूपमा बन्द गरिएको छ।

२९ असोज, सिन्धुपाल्चोक । जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका र इलाका प्रहरी कार्यालय मेलम्चीद्वारा मेलम्ची क्षेत्रका निजी स्वास्थ्य संस्था, डेन्टल क्लिनिक , पोलिक्लिनिक , क्लिनिकहरूमा संयुक्त अनुगमन गरिएको छ।

मंगलबार गरिएको अनुगमनका क्रममा कानुनी प्रक्रिया र स्वास्थ्य मापदण्ड पुरा नगरी सञ्चालित विभिन्न स्वास्थ्य संस्था विरुद्ध कारबाहीको प्रक्रिया अगाडि बढाइएको

केही संस्थालाई मापदण्डमा आउन म्याद दिइएको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईंले जानकारी दिए ।

जनस्वास्थ्य ऐन २०७५ , जनस्वास्थ्य नियमावली २०७७ र बागमती प्रदेश स्वास्थ्य सेवा (पहिलो संशोधन) ऐन, २०८१ ,प्रदेश स्वास्थ्य सेवा नियमावली (दोस्रो संशोधन) नियमावली २०८१ अनुसार मापदण्ड पालना नगरेमा कारबाही गरिने उनले बताए ।

अनुगमन टोलीले मेलम्ची बजारमा रहेको इन्द्रावती डेन्टल क्लिनिक र जुगल डेन्टल क्लिनिकलाई पूर्ण रूपमा बन्द गरेको छ । दुवै संस्थाले स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक अनुमति र मापदण्ड पूरा नगरेको पाइएपछि तत्काल बन्द गरिएको बजगाईंले बताए ।

विगतमा विनायक पोलिक्लिनिक नामबाट सेवा सञ्चालन गर्दै आएको हाल विनायक फार्मेसीको नाममा संचालित फार्मेसीले समेत अवैध रूपमा सञ्चालन गर्दै आएको ल्याब र डेन्टल सेवा पूर्ण रुपमा बन्द गरिएको छ ।

मेलम्ची पोलिक्लिनिकलाई संस्था नवीकरणका लागि आवश्यक केही मापदण्ड पूरा नगरेको भन्दै ३० दिने म्याद दिइएको बताइएको छ । त्यस्तै मेलम्चीमा सञ्चालित शिव शक्ति स्वास्थ्य क्लिनिकमा मापदण्ड विपरीत सञ्चालन हुँदै आएको ल्याब र एक्स–रे सेवा बन्द गरिनुको साथै केही सङ्कास्पद स्वास्थ्य सामग्री तथा उपकरणहरू जफत गरिएको छ।

अनुगमन टोलीले स्वास्थ्य संस्थाहरूले कानुनअनुसार अनुमति प्राप्त गरेर मात्र सेवा सञ्चालन गर्नुपर्ने र बिरामीको स्वास्थ्य सुरक्षासँग खेलवाड गर्न नपाइने चेतावनी दिएको छ । जिल्लाको संयुक्त अनुगमन टोलीले जिल्लाभर अनुगमनलाई तिब्रता दिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?