+
+
Shares

दूषित पानी बेच्ने नन्दीकेश्वर पानी उद्योगको १० जार नष्ट, १५ दिने अल्टिमेटम  

सूर्यविनायक नगरपालिका-९ मा रहेको नन्दीकेश्वर बोतल ब्लोइङ प्रालिले दूषित पानी बिक्री वितरण गरिरहेको भन्ने उजुरीका आधारमा विभागले आकष्मिक निरीक्षण गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ७ गते १९:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुर सूर्यविनायकको नन्दीकेश्वर बोतल ब्लोइङ प्रालिमा दूषित पानी बिक्री वितरण गरेको उजुरीपछि अनुगमन गरी कारबाही प्रक्रिया अघि बढाएको छ।
  • अनुगमनमा उद्योगमा गम्भीर लापरबाही, न्यूनतम मापदण्ड नपालना, सरसफाइ अभाव, र प्रशोधन कक्षमा चुहावट र अव्यवस्था फेला परेको विभाग प्रवक्ता डा. बालकुमारी शर्माले बताउनुभयो।
  • विभागले पुराना र कुच्चिएका १० वटा जार नष्ट गरी पानीको नमुना परीक्षणका लागि पठाएको र १५ दिनभित्र सुधार प्रमाणसहित उपस्थित हुन निर्देशन दिएको छ।

७ माघ, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुर सूर्यविनायकमा सञ्चालित एक पानी उद्योगमा अनुगमन गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।

सूर्यविनायक नगरपालिका-९ मा रहेको नन्दीकेश्वर बोतल ब्लोइङ प्रालिले दूषित पानी बिक्री वितरण गरिरहेको भन्ने उजुरीका आधारमा विभागले आकष्मिक निरीक्षण गरेको हो ।

विभाग प्रवक्ता डा. बालकुमारी शर्माका अनुसार २९ पुसमा प्राप्त उजुरीको तत्काल सम्बोधन गर्दै ३० पुसमा विभागको टोलीले उक्त उद्योगको स्थलगत अनुगमन गरेको थियो ।

अनुगमन क्रममा उक्त उद्योगमा गम्भीर लापरबाही र न्यूनतम मापदण्ड समेत पालना नभएको पाइएको छ । निरीक्षण टोलीले उद्योगको समग्र सरसफाइ र कामदारको व्यक्तिगत स्वच्छताको अवस्था सन्तोषजनक नरहेको फेला पारेको छ ।

त्यसैगरी पानी प्रशोधन गर्ने कक्षमा रहेका ट्यांकी र पाइपहरूमा चुहावट (लिकेज) भएको, भुइँका टायलहरू फुटेको र प्रशोधन कक्षमा अनावश्यक सरसामान राखेर भद्रगोल बनाइएको अवस्थामा भेटिएको विभागले जनाएको छ ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बमोजिम गरिएको उक्त कारबाहीमा विभागले उद्योगमा फेला परेका पुराना, कुच्चिएका र कोत्रिएका १० वटा जार तत्कालै नष्ट गरेको छ ।

विभागले उक्त उद्योगबाट प्रशोधित पिउने पानीको नमुना संकलन गरी प्रयोगशाला परीक्षणका लागि पठाउनुका साथै प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका २०७४ अनुसार मात्र कार्य गर्न सचेत गराएको छ ।

प्रवक्ता शर्माले उद्योगमा देखिएका यी कैफियत तत्काल सुधार गर्न र १५ दिनभित्र सुधार भएको प्रमाणसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?