News Summary
Generated by OK AI. Editorially reviewed.- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन दिनमा ५६ उद्योग तथा फर्म अनुगमन गरी ७ उद्योगलाई ७५ हजार रुपैयाँ जरिबाना तिराएको छ।
- अनुगमनमा काठमाडौं र ललितपुरका विभिन्न भान्साघर, फुड वर्ल्ड, पाकशाला, होटल रेस्टुरेन्टलाई ५ हजारदेखि २० हजार रुपैयाँसम्म जरिबाना तिराइएको विभागले जनाएको छ।
- विभागले दर्ता प्रमाणपत्र नराख्ने, एमआरपी नलेख्ने, गुणस्तर र नापतौलमा हेरफेर गर्ने फर्मलाई जरिबाना तिराउँदै आएको छ।
११ पुस, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न उद्योग तथा फर्म अनुगमन क्रममा कैफियत भेटिएकालाई ३ दिनमा ७५ हजार रुपैयाँ जरिबाना तिराएको छ ।
विभागको अनुगमन टोलीले नियमित अनुगमन अन्तर्गत मंगलबार, बुधबार र शुक्रबार गरी ३ दिनमा ५६ उद्योग तथा फर्म अनुगमन गरेको थियो । अनुगमन क्रममा ७ उद्योगलाई उक्त जरिबाना तिराइएको विभागले जनाएको छ ।
मंगलबार विभागको अनुगमन टोलीले काठमाडौं महानगरपालिका–१४ को थाकखोला थकाली भान्साघरलाई १५ हजार रुपैयाँ जरिबाना तिराएको छ । यस्तै ललितपुर महानगरपालिका–१ को इन्द्रेणाी फुड वर्ल्ड एन्ड ब्यांक्वेट प्रालिलाई २० हजार रुपैयाँ र काठमाडौं–१३ को पाकशाला प्रालिलाई १० हजार रुपैयाँ जरिबाना तिराइएको छ ।
यसैगरी बुधबार काठमाडौं–९ सिनामंगलको ऊँ आमाको भान्साघरलाई १० हजार रुपैयाँ र काठमाडौं–९ गौरीगाउँको लेकाली किचेन एन्ड कटिया हाउसलाई १० हजार रुपैयाँ जरिबाना तिराइएको विभागले जनाएको छ ।
यस अवधिमा विभागले अनुगमन गरेकामध्ये ४९ फर्मलाई सामान्य निर्देशन मात्रै दिएको छ ।
शुक्रबार विभागको अनुगमन टोलीले ललितपुर–१० को जुली बेक एन्ड पेस्ट्रीलाई ५ हजार र काठमाडौं–३२ जडीबुटीको जिरी खिम्ती होटल रेस्टुरेन्टलाई ५ हजार रुपैयाँ जरिबाना तिराएको छ ।
पछिल्लो समय विभागले दर्ता प्रमाणपत्र नराखेको, उत्पादनमा एमआरपी नराखेको, रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएपछि जरिबाना तिराउँदै आएको छ ।
प्रतिक्रिया 4