+
+
Shares

शनिबारदेखि घर निर्माण फेस्ट हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ११ गते १५:२९

११ पुस, काठमाडौं । काठमाडौंमा शनिवारदेखि ‘घर निर्माण फेस्ट–२०८२’ हुने भएको छ ।

भृकुटीमण्डपमा पुस १२ देखि १५ गतेसम्म घर निर्माण फेस्ट २०८२ हुन लागेको हो । घर निर्माण क्षेत्रलाई आधुनिक प्रविधि, किफायती समाधान, गुणस्तरीय निर्माण सामग्री तथा नवीन डिजाइनसँग जोड्ने उद्देश्यका साथ फेस्ट गर्न लागिएको घर निर्माण सेवाले जनाएको छ ।

फेस्टले घर बनाउने सोचमा रहेका सर्वसाधारणदेखि लिएर निर्माण व्यवसायी, इन्जिनियर, आर्किटेक्ट, विद्यार्थी तथा सरोकारवाला सबैलाई एउटै प्लेटफर्ममा ल्याउने स्किल सेवाका निर्देशक सफल प्रधानले बताए ।

फेस्टमा ६ लाख रुपैयाँमै निर्माण गर्न सकिने घर, कमाउने घर, आर्किड भिल्ला, ह्वाइट रुम्स, डोम हाउस जस्ता आधुनिक तथा वैकल्पिक आवासीय अवधारणाहरू प्रस्तुत गरिने उनको भनाइ छ ।

फेस्टमा घर निर्माणसँग सम्बन्धित सामग्री, प्रविधि, डिजाइन, सेवा तथा समाधानहरू प्रस्तुत गर्ने १ सय ५० बढी स्टलहरू रहनेछन् । फेस्टमा विभिन्न विषयमा आधारित अन्तरक्रिया समेत हुनेछ । फेस्टमा ४० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

फेस्टको पहिलो र दोस्रो दिन घर नक्सा, राम्रो र बलियो घर विषयक प्यानल डिस्कसन हुनेछ । त्यस्तै तेस्रो दिन ‘जे गर्छु नेपालमै गर्छु’ विषयक अन्तरक्रिया हुनेछ । अन्तक्रियाको क्रममा दैनिक प्रदर्शन समेत जारी नै रहनेछ ।

नेपालमा निर्माण तथा व्यावसायिक गतिविधि बढ्दै गएपनि धेरै ब्रान्डहरूले अझै पनि समान रूपमा ब्रान्ड प्रस्तुत गर्न नसकेको प्रधानले बताए ।

ग्राहकसँग प्रभावकारी सम्बन्ध स्थापित गर्न तथा आफ्ना उत्पादनलाई व्यवस्थित र आकर्षक रूपमा प्रदर्शन गर्न चुनौती झेलिरहेको बेला यो समस्या सम्बोधन गर्न फेस्ट गर्न लागिएको बताए ।

प्रदर्शनीमा हुने विशेषज्ञ मार्गदर्शन, प्रत्यक्ष अन्तरक्रिया तथा ब्रान्डिङ परामर्शमार्फत व्यवसायीले आफ्ना उत्पादन लक्षित ग्राहक वर्गमा पुर्‍याउन सक्नेछन् ।

यस प्रदर्शनीबाट २ सय करोड बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । प्रदर्शनी विशेष र ऐतिहासिक बनाउन विश्व कीर्तिमानी इँटाको प्रदर्शन गरिनेछ । यसका साथै जस्मिन पेन्ट्सको सहकार्यमा विश्वकै सबैभन्दा ठूलो ढाका टोपी प्रदर्शन आयोजना गरिनेछ ।

फेस्टमा युवा पुस्ताको सक्रिय सहभागितालाई समेत विशेष प्राथमिकता दिइएको छ । त्यसका लागि ५० भन्दा बढी कलेजका विद्यार्थी टोलीहरूको सहभागितामा मोडल प्रतियोगिता आयोजना गरिनेछ ।

जसले विद्यार्थीहरूलाई आफ्नो सिर्जनशीलता, नवप्रवर्तन र प्राविधिक क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने विश्वास लिइएको स्किल सेवाकी निर्देशक सताक्षी मिश्राले बताइन् । प्रतियोगिताले भविष्यका इन्जिनियर, आर्किटेक्ट र डिजाइनरहरूलाई व्यवहारिक अनुभव दिने उनले बताइन् ।

घर निर्माण फाउन्डेशनका अध्यक्ष तिमल्सिनाले फेस्टमा कमाउने घरको बारेमा समेत जानकारी दिइने बताए ।

नयाँ आइडियाको रूपमा ‘आर्किट भिल्ला’ भनेर लिएर आएको उनको भनाइ छ । अहिले यो इन्टरनेसनल ट्रेन्ड पनि रहेको बताउँदै उनले आर्किट भिल्ला सामान्यत: ठुलो, आरामदायक र निजी घर भएको बताए ।

यसमा प्राय: बगैँचा, आँगन, पार्किङ र स्विमिङ पुल हुने बताउँदै उनले सहरभन्दा शान्त र खुला ठाउँमा बढी देखिने बताए । यो लक्जरी लाइफस्टाइलमा पर्ने एउटा घर भएको र यसमा १ करोडको इन्भेस्टमेन्ट गर्दा प्रतिदिन १५ देखि २० हजारसम्म कमाउन सकिने बताए । अर्को कमाउने घरको रूपमा ‘ह्वाइट रुम्स’, एयरबीएनबीको रूपमा पनि लिएर आइसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?