+
+
Shares

तीन होटल तथा रेस्टुरेन्टलाई ६० हजार जरिबाना

विभागले अनुगमन गरेका अन्य ११ उद्योग तथा फर्मलाई सामान्य निर्देशन दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ७ गते १८:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार काठमाडौंको तीन होटल रेस्टुरेन्टलाई कुल ६० हजार रुपैयाँ जरिबाना तिराएको छ।
  • होटल ब्लिसफुल प्रालिलाई ५० हजार, गोल्मादेवी भोजनालय एन्ड लज र चण्डेश्वरी नेवारी खाजा घरलाई पाँच–पाँच हजार रुपैयाँ जरिबाना तिराइएको छ।
  • विभागले मूल्यसूची, दर्ता प्रमाणपत्र, एमआरपी नलगाउने र गुणस्तरमा हेरफेर गरेको उद्योग–फर्मलाई जरिबाना र सामान्य निर्देशन दिएको छ।

७ पुस, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार तीन होटल तथा रेस्टुरेन्टलाई ६० हजार रुपैयाँ जरिबाना तिराएको छ ।

विभागको अनुगमन टोलीले सोमबार काठमाडौं महानगरपालिका–३२ कोटेश्वरको होटल ब्लिसफुल प्रालिलाई ५० हजार, गोल्मादेवी भोजनालय एन्ड लजलाई ५ हजार रुपैयाँ र चण्डेश्वरी नेवारी खाजा घरलाई ५ हजार रुपैयाँ जरिबाना तिराएको छ ।

त्यसैगरी विभागले अनुगमन गरेका अन्य ११ उद्योग तथा फर्मलाई सामान्य निर्देशन दिएको छ ।

पछिल्लो समय विभागले उत्पादनमा मूल्यसूची र दर्ता प्रमाणपत्र नराखेको, एमआरपी नराखेको, रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएपछि जरिबाना तिराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?