+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

३ फर्मलाई वाणिज्य विभागको १ लाख १५ हजार जरिबाना

अनुगमन क्रममा अन्य १२ फर्म तथा उद्योगलाई भने सामान्य निर्देशन दिइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २१ गते १९:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन २०७५ विपरीत कार्य गरेको भन्दै ३ उद्योगलाई १ लाख १५ हजार रुपैयाँ जरिबाना तिराएको छ।
  • भक्तपुर र काठमाडौंका दुई उद्योगलाई जनही ५० हजार रुपैयाँ जरिबाना तिराइएको छ भने नागार्जुनको शिव गौरी ट्रेडर्सलाई १५ हजार रुपैयाँ जरिबाना गरिएको छ।
  • अनुगमन क्रममा अन्य १२ फर्मलाई सामान्य निर्देशन दिइएको र विभागले बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

२१ मंसिर, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार ३ उद्योग तथा फर्मलाई जरिबाना तिराएको छ ।

बजार अनुगमन क्रममा उपभोक्ता संरक्षण ऐन २०७५ र उपभोक्ता संरक्षण नियमावली २०७६ विपरीत कार्य गरेको भन्दै ती ३ उद्योग तथा फर्मलाई १ लाख १५ हजार रुपैयाँ जरिबाना गरेको हो ।

विभागको अनुगमन टोलीले भक्तपुर नगरपालिका–१ को सम्पूर्ण फर्निचर उद्योग र काठमाडौं महानगरपालिका–१३ को इन्टेरियो डेकोर प्रालिलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ट) बमोजिम कसुरमा सोही ऐनको दफा ३९ (१) (घ) बमोजिम जनही ५० हजार रुपैयाँ जरिबाना तिराएको छ ।

त्यसैगरी नागार्जुन नगरपालिका–४ को शिव गौरी ट्रेडर्स प्रालिलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १५ र दफा ३८ (घ) बमोजिम कसुरमा सोही ऐनको दफा ३९ (१) (क) बमोजिम १५ हजार रुपैयाँ जरिबाना गरिएको छ ।

अनुगमन क्रममा अन्य १२ फर्म तथा उद्योगलाई भने सामान्य निर्देशन दिइएको छ । सामान्य निर्देशन पाउनेमा भक्तपुरका शिवम डेरी प्रालि, इरा हार्डवेयर, यति फर्निचर एनड फर्निसिङ शोरुम र सल्लाधारी जुजु धौ छन् ।

यस्तै काठमाडौंका धनु निटिङ उद्योग, ईश्वर पेपर स्टोर, कलोथेरियस गार्मेन्ट्स, अमन टेलरिङ, वर्ल्ड ब्रिज ट्रेड प्रालि, हारती खाद्य सप्लायर्स प्रालि र नागार्जुनको एसबी आल्मोनियम एन्ड हार्डवेयर ट्रेडर्स प्रालिलाई पनि सामान्य निर्देशन दिइएको छ ।

ललितपुरको दृष्टि डेकोरेसन प्रालिलाई पनि सामान्य निर्देशन जारी गरिएको छ । विभागले उपभोक्ताको हकहित संरक्षणका लागि बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।

पछिल्लो समय विभागले  उत्पादनमा मूल्यसूची र दर्ता प्रमाणपत्र नराखेको, एमआरपी नराखेको, रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएपछि जरिबाना तिराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?