+
+
Shares

१८ फर्ममाथि वाणिज्यको अनुगमन, न्यु शिव स्टोरलाई २ लाख बढी जरिबाना

अनुगमन क्रममा काठमाडौं महानगरपालिका-२९ नयाँ बसपार्कमा रहेको न्यु शिव स्टोरलाई २ लाख १ हजार रुपैयाँ जरिबाना गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ९ गते १५:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपत्यकाका १८ व्यावसायिक फर्ममाथि अनुगमन गरी जरिवाना र निर्देशन जारी गरेको छ।
  • न्यु शिव स्टोरलाई २ लाख १ हजार रुपैयाँ जरिवाना गरिएको छ भने हिमालयन ब्रुअरी प्रालिलाई ३ दिनभित्र आवश्यक कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।
  • अन्य १६ फर्मलाई व्यावसायिक सुधारका लागि सामान्य निर्देशन दिइएको विभागले जनाएको छ।

९ माघ, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन तीव्र बनाउँदै बिहीबार उपत्यकाका १८ व्यावसायिक फर्ममाथि कारबाही तथा निर्देशन जारी गरेको छ ।

विभागले उपभोक्ता संरक्षण ऐन २०७५ र उपभोक्ता संरक्षण नियमावली २०७६ बमोजिम विभिन्न फर्म निरीक्षण गरी कैफियत देखिएकालाई जरिबाना र सचेत गराएको हो ।

अनुगमन क्रममा काठमाडौं महानगरपालिका-२९ नयाँ बसपार्कमा रहेको न्यु शिव स्टोरलाई २ लाख १ हजार रुपैयाँ जरिबाना गरेको छ ।

यस्तै गोदावरी नगरपालिका-१ ललितपुरमा रहेको हिमालयन ब्रुअरी प्रालिलाई व्यवसायसँग सम्बन्धित आवश्यक कागजात सहित ३ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

१६ फर्मलाई सामान्य निर्देशन

विभाग टोलीले काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा रहेका अन्य १६ फर्म पनि अनुगमन गरेको थियो । जसमा न्यु लुजा मदिरा स्टोर, न्यु सिर्जना ट्रेडर्स, प्रनित सेल्स एन्ड मार्केटिङ, वरुण बेभरेज, दिव्यज्योति स्टोर, केएन्डपी अल्कोहलिक स्टोर, इन्द्रकमल लिकर सप लगायत छन् । यी फर्मलाई व्यावसायिक सुधारका लागि सामान्य निर्देशन दिइएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?