News Summary
Generated by OK AI. Editorially reviewed.- बाँकेमा बोलेरोले साइकलयात्री अधिस थारूलाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको छ।
- ठक्कर क.प्र.०२–००१ च १५७२ नम्बरको बोलेरोले जेठिनाला गाउँपालिका–३ मा दिएको थियो।
- प्रहरीले बोलेरो चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।
२८ चैत, काठमाडौं । बाँकेमा बोलेरोको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ ।
बैजनाथ गाउँपालिका–३ जेठिनालास्थित सडकमा क.प्र.०२–००१ च १५७२ नम्बरको बलेरोले साइकलयात्रीलाई ठक्कर दिएको थियो ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, ठक्करबाट साइकलयात्री सोही गाउँपालिका–३ नौवस्ता बस्ने २६ वर्षीय अधिस थारूको शनिबार बिहान मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले बलेरो चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4