९ वैशाख, पाँचथर । पाँचथरमा करेन्ट लागेर एकजनको मृत्यु भएको छ । हिलिहाङ गाउँपालिका–७ का खडकबहादुर तामाङको करेन्ट लागेर मृत्यु भएको हो ।
बाँस काट्ने क्रममा करेन्ट लागेर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रामचन्द्र शाहले जानकारी दिए ।
शाहका अनुसार तामाङले काटिरहेको बाँसले काबेली करिडोरमा १३२ केभिए विद्युत् प्रसारण लाइनको तार छुन पुगेको थियो । बाँस आलो भएका कारण करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4