News Summary
Generated by OK AI. Editorially reviewed.- खोटाङमा करेन्ट लागेर आनन्द राई र भीरबाट लडेर सुनिल कार्कीको मृत्यु भएको छ।
- आनन्द राई ट्रान्सफर्मरको फ्युज फेर्न पोलमा चढेको बेला करेन्ट लागेर घटनास्थलमै मरेका हुन्।
- सुनिल कार्की बाढीले अवरुद्ध गरेको खानेपानीको मुहान सफा गर्न जाँदा भीरबाट लडेर मृत्यु भएका छन्।
२४ वैशाख, खोटाङ । खोटाङमा छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार करेन्ट लागेर र भीरबाट लडेर एकै दिन दुई जनाको मृत्यु भएको हो ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका ४३ वर्षीय आनन्द राईको करेन्ट लागेर र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका ४५ वर्षीय सुनिल कार्कीको भीरबाट लडेर मृत्यु भएको हो ।
गाउँमा विस्तार गरिएको विद्युत् अवरुद्ध भएपछि पुनःसञ्चालन गर्नका लागि ट्रान्सफर्मरको फ्युज फेर्न पोलमा चढेको समयमा करेन्ट लाग्दा आनन्दको बुधबार साँझ घटनास्थलमै मृत्यु भएको बतासेका वडाध्यक्ष बबेन्द्र राईले जानकारी दिए ।
महादेवस्थानका कार्कीको बाढीले अवरुद्ध गरेको खानेपानीको मुहान सफा गर्न जाँदा भीरबाट लडेर मृत्यु भएको महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4