
News Summary
Generated by OK AI. Editorially reviewed.- बिल गेट्स र मेलिन्डा गेट्सले २७ वर्षको वैवाहिक जीवनपछि सन् २०२१ मेमा ७६ अर्ब डलरको सम्बन्धविच्छेद गरे।
- जेफ बेजोस र म्याकेन्जी बेजोसले सन् २०१९ मा ३८ अर्ब डलर मूल्यको अमेजनको चार प्रतिशत शेयर सहित सम्बन्धविच्छेद गरे।
- ऋतिक रोशन र सुजैन खानको सन् २०१४ को सम्बन्धविच्छेदमा सुजैनले ३८० करोड रुपैयाँको डिभोर्स सेटलमेन्ट पाएको चर्चा थियो।
सम्बन्धविच्छेद कहिल्यै पनि सजिलो हुँदैन । भावनात्मक रूपमा गाह्रो छँदै छ, सँगै यसमा ठूलो आर्थिक भार पनि परिरहेको हुन्छ । तर विश्वमा मोटो रकम देखिने गरी सम्बन्धविच्छेद भएका छन् ।
आज हामी केही चर्चित र सबैभन्दा महँगामध्येका केही सेलिब्रेटी सम्बन्धविच्छेदको बारेमा कुरा गर्दैछौँ ।
१. बिल गेट्स र मेलिन्डा गेट्स
बिल गेट्स र मेलिन्डा फ्रेन्च गेट्सले २७ वर्षको वैवाहिक जीवनपछि सन् २०२१ मेमा सम्बन्धविच्छेद गरे । उनीहरूले सामाजिक सञ्जालमा लेख्दै मतभेदका कारण छुटिएको जानकारी गराएका थिए । इन्भेस्टोपेडियाले यसलाई सबैभन्दा महँगो सम्बन्धविच्छेदमध्ये एक मानेको छ । जसको रकम ७६ अर्ब डलर थियो।
२. जेफ बेजोस र म्याकेन्जी बेजोस
जेफ बेजोसले आफ्नी दोस्री पत्नी म्याकेन्जी स्कटसँग सन् २०१९ मा सम्बन्धविच्छेद गरे । यस सम्बन्धविच्छेदको सम्झौता अनुसार म्याकेन्जीले अमेजनको चार प्रतिशत शेयर पाइन् । जसको मूल्य त्यतिबेला करिब ३८ अर्ब डलर थियो ।
३. पल म्याकार्टनी र हेथर मिल्स
चर्चित ब्यान्ड द बिटल्सका पूर्व सदस्य म्याकार्टनीले सन् २००८ मा आफ्नी पत्नी हेथर मिल्ससँग सम्बन्धविच्छेद गरे । यो सम्बन्धविच्छेद ब्रिटिश इतिहासकै सबैभन्दा महँगोमध्ये एक थियो । मिल्सले म्याकार्टनीबाट ४८.६ मिलियन डलरप्राप्त गरेकी थिइन्।
४. माइकल जोर्डन र जुअनिता भ्यानोई
बास्केटबलका महान खेलाडी माइकल जोर्डन र उनकी पत्नी जुअनिता भ्यानोईको सम्बन्धविच्छेद सन् २००६ मा भएको थियो । १७ वर्षको वैवाहिक सम्बन्धपछि भएको यस सम्बन्धविच्छेदमा जुअनिताले १६८ मिलियन डलर प्राप्त गरेकी थिइन् । खेल क्षेत्रमा यो सबैभन्दा ठूलोमध्येको एक सम्बन्धविच्छेद थियो ।
५. ऋतिक रोशन र सुजैन खान
ऋतिक रोशन र सुजैन खानको सम्बन्धविच्छेदलाई बलिउडको सबैभन्दा महँगो सम्बन्धविच्छेदमध्ये एक मानिन्छ । सन् २०१४ मा उनीहरूको १४ वर्षको वैवाहिक जीवन टुंगिएको थियो । त्यसमा सुजैनले ऋतिकसँग ३८० करोड रुपैयाँको डिभोर्स सेटलमेन्ट (सम्बन्धविच्छेदको सम्झौता रकम) पाएको भनी चर्चा थियो । यद्यपि ऋतिकले भने यो खबरको खण्डन गरेका थिए ।
६. आमिर खान र रीना दत्त
बलिउडका ‘परफेक्सनिस्ट’ भनेर चिनिने आमिर खानले सन् २००२ मा आफ्नी पत्नी रीना दत्तसँग सम्बन्धविच्छेद गरेका थिए । रीनासँगको १६ वर्षको वैवाहिक जीवनपछि भएको यस सम्बन्धविच्छेदमा आमिरले रीनालाई ५० करोड रुपैयाँ दिएको रिपोर्टहरूले बताएका छन् । भलै उनीहरूले अहिले पनि आफ्ना बच्चाहरूका लागि राम्रो सम्बन्ध भने कायम राखेका छन् ।
७. करिश्मा कपूर र सञ्जय कपूर
करिश्मा कपूर र व्यापारी सञ्जय कपूरको सम्बन्धविच्छेद सन् २०१६ मा लामो कानुनी लडाइँपछि भएको थियो । सम्बन्धविच्छेदको सम्झौताअनुसार सञ्जयले आफ्ना दुई बच्चाहरूका लागि मासिक १० लाख रुपैयाँ दिने सहमतिसँगै एउटा घर पनि करिश्मालाई दिएका थिए ।
प्रतिक्रिया 4