
७ साउन, पाल्पा । पाल्पामा सम्बन्ध विच्छेद गर्नेको संख्या प्रत्येक वर्ष बढ्दै गएको छ ।
जिल्ला अदालत पाल्पामा दर्ता भएकामध्ये आधाभन्दा धेरै मुद्धा सम्बन्ध विच्छेदका रहको पाइएको हो । पछिल्लो तीन वर्षको तथ्याक हेर्दा १३५६ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् ।
आर्थिक वर्ष ०७९/८० मा ४४३ र ०८०/८१ मा ४२८ मुद्दा दर्ता भएका थिए । गत वर्ष ०८१/८२ मा ४८५ मुद्दा परेका छन् ।
०८१/८२ मा जम्मा ८१५ मुद्दा दर्ता भएकोमा ४८५ वटा सम्बन्ध विच्छेदका मुद्धा रहेको पाल्पा अदालतका स्रेस्तेदार केशव पराजुलीले बताए ।
सम्बन्ध विच्छेदका मुद्धामा अधिकांश कम उमेरमा विवाह गरी आपसी असमजदारी भएका, वैदेशिक रोजगारीमा जाने युवायुवतीको सम्बन्ध विग्रिएका तथा अध्ययन र कामका लागि विदेश जानका लागि गाँसिएको सम्बन्धहरु तोड्नेहरु रहेको पाइएको छ ।
मोबाइल फोन, सूचना प्रविधिको दुरुपयोग, वैदेशिक रोजगार जस्ता कारणले गर्दा पारिवारिक बेमेल, विवाहित महिला पुरुष परपुरुष र परस्त्रीसँगको सम्बन्ध गास्ने गरेका कारण पनि सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गएको पाइएको पाइएको छ ।
प्रतिक्रिया 4