+
+
Shares

बाजुरामा भिरबाट खसेको ढुंगा लागेर वडा सदस्यको मृत्यु

घटना अहिले साँझ साढे पाँच बजेतिरको रहेको जिप्रका बाजुराका सूचना अधिकारी इन्स्पेक्टर नरेशबहादुर शाहीले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २९ गते २०:१२

२९ वैशाख, काठमाडौं । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा भिरबाट खसेको ढुंगा लागेर एक महिला वडा सदस्यको ज्यान गएको छ । मृतक बुढीगंगा–३ की वडा सदस्य ३७ वर्षीया कल्पनादेवी थापा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

घटना अहिले साँझ साढे पाँच बजेतिरको रहेको जिप्रका बाजुराका सूचना अधिकारी इन्स्पेक्टर नरेशबहादुर शाहीले जानकारी दिए ।

शाहीका अनुसार बुढीगंगा–३ गुइँगाड भएकी वडा सदस्य थापा बुढीगंगा नगरपालिका–६ को फालासैन बजारबाट पैदलै घर फर्किरहेको अवस्थामा भिरबाट खसेको ढुंगा लागेको थियो । सो ढुंगाले उनलाई धकेलेर पैदलबाटोबाट धकेलेर करिब ५० मिटर तल सडकसम्म लडाएको स्थानीयवासीले प्रहरीलाई जानकारी दिएको इन्स्पेक्टर शाहीले जानकारी दिए ।

त्यसक्रममा वडाध्यक्ष थापाको घटनास्थलमै ज्यान गएको उनले बताए । अहिले प्रहरी टोली घटनास्थलमा खटिइसकेको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?