News Summary
Generated by OK AI. Editorially reviewed.- बाजुराको बडीमालिका नगरपालिका-१ की २१ वर्षीया सुरता रोकाया र उनका सात दिनका नवजात शिशुको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको छ।
- रोकाया लामो समयदेखि मुटु रोगबाट ग्रसित थिइन् र डाक्टरले बच्चा जन्माउन नहुने सुझाव दिएको पाइएको छ।
- उनीहरूलाई थप उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत पठाइएको थियो।
९ चैत्र, बाजुरा । बाजुरामा सुत्केरी आमा र सात दिनको शिशुको मृत्यु भएको छ । चैत्र ४ गते बाजुराबाट थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत रिफर गरिएकी गर्भवती सुरता रोकाय र उनले जन्म दिएको शिशुको मृत्यु भएको हो । उनीहरूलाई हेलिकप्टरमार्फत सुर्खेत पुर्याइएको थियो ।
बडीमालिका नगरपालिका-१ की २१ बर्षकी रोकाया र नवजात शिशुको उपचारको क्रममा शनिबार सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल मृत्यु भएको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले जानकारी दिए ।
उनी लामो समयदेखि मुटु रोगबाट समेत ग्रसित थिइन् भने डाक्टरले बच्चा जन्माउन नहुने सुझाव समेत दिएको पाइएको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4