+
+
Shares

त्रिविलाई शैक्षिक वातावरण बनाउन प्राध्यापकसँग अनेरास्ववियुको विमर्श

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ११ गते १९:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले त्रिवि शैक्षिक वातावरण सुधारका लागि प्राध्यापकहरूसँग छलफल गरेको छ।
  • अनेरास्ववियुका अध्यक्ष डा. सुजन कडरियाले विद्यार्थी र प्राध्यापकबीच सहकार्यलाई प्राथमिकता दिने दृष्टिकोण रहेको बताए।
  • महासचिव दीपक धामीले शिक्षाको सवलिकरणका लागि नियमित छलफलको कार्यक्रम राख्ने योजना रहेको खुलाएका छन्।

११ भदौ, काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले त्रिविलाई शैक्षिक वातवरण बनाउन प्राध्यापकहरूसँग विमर्श गरेको छ।

छलफलमा अखिलका अध्यक्ष डा. सुजन कडरियाले विश्वविद्यालयको शैक्षिक वातावरण (इकोलोजी) सुधार गर्दै संस्थागत सबलिकरणका लागि विद्यार्थी र प्राध्यापकबीच सहकार्यलाई प्राथमिकता दिने अनेरास्ववियुको दृष्टिकोण रहेको बताए।

महासचिव दीपक धामीले शिक्षाको सवलिकरणका लागि नियमित छलफलको कार्यक्रम राख्ने दृष्टिकोण रहेको र त्यसकै निरन्तरता स्वरूप प्राधियापकहरुसँग अनेरास्ववियुले बहसको आयोजना गरेको बताए।

छलफलमा अनेरास्ववियुका अध्यक्ष कडरिया, महासचिव धामी, सचिव आकाश घर्ती, नीति, योजना तथा अनुसन्धान आयोगका अध्यक्ष प्रकाश बिष्ट, उपत्यकता विशेष बाग्मती प्रदेश ईन्चार्ज नितेश लामिछाने लगायत नेताहरूको सहभागिता थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?