+
+
Shares

त्रिविका पदाधिकारीले राजीनामा दिने

त्रिविका उपकुलपति प्राडा दिपक अर्याल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले राजीनामा दिन लागेका हुन् ।

दिनेश गौतम दिनेश गौतम
२०८३ वैशाख १७ गते १२:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन विश्वविद्यालयका उपकुलपति दिपक अर्याल, शिक्षाध्यक्ष खड्ग केसी र रजिस्ट्रार केदारप्रसाद रिजालले राजीनामा दिन लागेका छन्।
  • सरकारले राजनीतिक नियुक्ति लिएकालाई पदमुक्त गर्नेगरी अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेको छ।
  • त्रिविका पदाधिकारीले नयाँ सरकारलाई काम गर्न सहजता दिन राजीनामा दिने तयारी गरेको त्रिविका एक अधिकारीले बताए।

१७ वैशाख, काठमाडौ  । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले राजीनामा दिने भएका छन् । सरकारले राजनीतिक नियुक्ति लिएकाहरूलाई पदमुक्त गर्नेगरी अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेपछि त्रिविका पदाधिकारीले राजीनामा दिन लागेका हुन ।

त्रिविका उपकुलपति प्राडा दिपक अर्याल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले राजीनामा दिन लागेका हुन् । त्रिवि स्रोतका अनुसार, आज (बिहीबार) बिहान त्रिविका पदाधिकारीको बैठक बसेको थियो ।

‘नयाँ सरकारालाई काम गर्न सहजताको लागि मार्गप्रशस्त गर्न लाग्नु भएको हो,’ त्रिविका एक अधिकारीले भने, ‘राजीनामा दिने तयारी छ ।’

विश्वविद्यालयका कुलपति एंव प्रधानमन्त्री बालेन शाहलाई राजीनामा दिने तयारी छ ।

उपकुलपति अर्याल केपी ओली प्रधानमन्त्री भएको बेला नियुक्त भएका थिए । प्राडा केशरजंग बरालले उपकुलपतिबाट राजीना दिएपछि अर्याल गत २०८२ असार २५ मा उपकुलपति बनेका थिए ।

शिक्षाध्यक्ष केसी र रजिस्ट्रार रिजाल पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको बेला नियुक्त भएका थिए । तत्कालीन उपकुलपति बरालको सिफारिसमा रिजाल र केसीलाई २०८० चैत ३० मा तत्कालीन प्रधानमन्त्री  प्रचण्डले नियुक्त गरेका थिए । त्रिवि पदाधिकारीको कार्यकाल ४ वर्षको हो ।

तर दुई तिहाइ नजिकको मत ल्याएको रास्वपाले राजनीतिक नियुक्ति लिएकालाई मार्गप्रशस्त गर्न भनेको थियो । तर सरकारले अध्यादेश नै ल्याउन लागेपछि राजीनामा दिने निर्णयमा त्रिवि पदाधिकारी पुगेका हुन् ।

सरकारले सिफारिस गरेको अध्यादेशमाथि राष्ट्रपति पौडेलले अध्ययन गरिरहेका छन् ।

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?