+
+
Shares

भूमि आयोग खारेज

अध्यादेशले गरेको यो व्यवस्थासँगै केन्द्रमा रहेको हरिप्रसाद रिजाल नेतृत्वको आयोग र यस अन्तर्गत ७७ वटै जिल्लामा रहेका नेतृत्वहरूको पद गएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २१ गते २२:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेको छ र यसको सट्टा कार्यदल वा समिति गठन गर्न सकिने प्रावधान अध्यादेशमार्फत् लागू गरेको छ।
  • भूमिहीन दलित र सुकुमवासीलाई जग्गा उपलब्ध गराउने उद्देश्यले गठन गरिएको आयोगको पदहरू अध्यादेशपछि खारेज भएका छन्।
  • सर्वोच्चले आयोग खारेजविरुद्ध दिएको आदेशको पुनरावलोकन गर्ने क्रममा अध्यादेशबाट आयोग खारेज गरिएको हो।

२१ वैशाख, काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेको छ । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश मार्फत् आयोग खारेज भएको हो ।

भूमिहीन दलित, भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोवासीलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि भूमि सम्बन्धी ऐन, २०२१ को दफा ५२(क)को उपदफा (३) र ५२ (ख)को उपदफा (६) बमोजिम नेपाल सरकारले भूमि समस्या समाधान आयोगको गठन गरेको थियो ।

अध्यादेशबाट भूमि सम्बन्धी ऐनको दफा ५२(क)को उपदफा (३) र ५२ (ख)को उपदफा (६) खारेज गरिएको छ ।

आयोगको सट्टा सरकारले कार्यदल वा समिति गठन गर्न सकिने प्रावधान राखिएको छ ।

ऐनमा निर्देशिका वा कार्यविधि बनाउन सक्ने व्यवस्था गरिएको छ ।

अध्यादेशले गरेको यो व्यवस्थासँगै केन्द्रमा रहेको हरिप्रसाद रिजाल नेतृत्वको आयोग र यस अन्तर्गत ७७ वटै जिल्लामा रहेका नेतृत्वहरूको पद गएको छ ।

केपी शर्मा ओली नेतृत्वकव सरकारले २०८१ साल असोजमा गठन गरेको आयोग २०८२ साल असोजमा सुशीला कार्की नेतृत्वको सरकारले खारेज गरेको थियो ।

कार्की सरकारको उक्त निर्णयविरुद्ध आयोगका पदाधिकारीहरूले सर्वोच्चमा रिट दायर गरेका थिए ।

उक्त रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले सरकारको निर्णय कार्यान्वयन नगर्न परमादेश दियो । त्यसपछि आयोगका पदाधिकारीहरू पुन: काममा फर्किए ।

तर, फेरि सरकारले सर्वोच्चको आदेश पुनरावलोकनको माग गर्‍यो । उक्त निवदेनको सुनुवाई गर्दै सर्वोच्चले पुनरावलोकन गर्ने आदेश दिएको थियो । तर सर्वोच्चबाट अन्तिम किनारा नलाग्दै अध्यादेशबाट आयोग खारेज भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?