+
+
Shares

सिन्धुलीको सम्पदा संरक्षणबारे छलफल   

सिन्धुली जिल्लाका सम्पदाको अवस्था र संरक्षणमा भएका प्रयासबारे छलफल भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १८ गते १२:५४

१८ भदौ, काठमाडौं । सिन्धुली जिल्लाका सम्पदाको अवस्था र संरक्षणमा भएका प्रयासबारे छलफल भएको छ ।

काठमाडौंमा आयोजित ‘सिन्धुलीका सम्पदा संरक्षणका चुनौती’ विषयक कार्यक्रममा सिन्धुलीको सम्पदाको अवस्था र संरक्षणमा भएका प्रयासबारे छलफल भएको हो ।

छलफलमा सहभागीहरूले सिन्धुलीको ऐतिहासिक पृष्ठभूमि, मूर्त सम्पदा संरक्षणमा नागरिकको सहभागिता र स्थानीय सरकारको भूमिकाबारे चर्चा गरेका थिए ।

इतिहासका विभिन्न कालखण्डमा निर्माण भएका सम्पदा नै इतिहासका जीवित प्रमाण भएकाले तिनको संरक्षणसँगै नागरिकको सहभागिता बढाउँदै पर्यटन उत्पादनका रूपमा विकास गरिनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए ।

उनीहरूले सम्पदा संरक्षणका लागि स्थानीय सरकार, कर्मचारी र जनप्रतिनिधिलाई स्पष्ट निर्देशनसहितको कानुन बन्नुपर्नेमा जोड दिएका थिए ।

सम्पदा संरक्षण भन्नेबित्तिकै संरचना निर्माणमा बढी जोड दिइने गरिएको तर त्यसभित्रका इतिहास, कला, संस्कृतिको मिहिन ढङ्गले अध्ययन र संरक्षणमा ध्यान नदिएको उनीहरूको भनाइ थियो ।

नागरिकको सहभागिताविना सम्पदाको संरक्षण दीगो नहुने उनीहरूको तर्क थियो ।

कार्यक्रममा संरक्षणकर्मी सौरभ ढकाल, सञ्चारकर्मी दीपक श्रेष्ठ लगायत आ-आफ्नो धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?