+
+
Shares

पर्यटनका लागि हात्ती जस्ता जनावरलाई यति निर्मम र क्रुर तालिम दिइन्छ

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १७ गते १२:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सन् २०२० मा थाइल्याण्डमा हात्तीका बच्चालाई क्रुर तरिकाले यातना दिइएको भिडिओ अस्ट्रेलियाको वर्ल्ड एनिमल प्रोटेक्सनले सार्वजनिक गरेको थियो।
  • थाइल्याण्डका धेरै पर्यटन कम्पनीहरूले अनलाइनमा हात्ती सवारीको विज्ञापन गरिरहेकाले हात्तीलाई यातनापूर्ण तालिम दिइने प्रथा जारी छ।
  • नेपालको चितवन सौराहा क्षेत्रमा पनि पर्यटकलाई हात्ती सवारी गराउने प्रचलन रहेको वर्ल्ड एनिमल प्रोटेक्सनले जनाएको छ।

सन् २०२० मा थाइल्याण्डमा पर्यटनका लागि हात्तीका बच्चालाई क्रुर तरिकाले यातना दिइरहेको भिडिओ सार्वजनिक भएको थियो । अस्ट्रेलियाको वर्ल्ड एनिमल प्रोटेक्सन नामक संस्थाले सार्वजनिक गरेको भिडियोमा हात्तीका बच्चालाई उनीहरूको आमाबाट छुट्याएर धारिलो वस्तुले घोचेको देखिन्थ्यो ।

उक्त भिडियोमा हात्तीलाई सिक्रीले बाँधेर हिँडाउन, सुँडले रिङ घुमाउन र क्यानभासमा चित्र बनाउन जस्ता कलाहरू सिकाएको देखिन्थ्यो । त्यसलाई लिएर जनावरप्रेमीहरूले चर्को विरोध गरेका थिए ।

तर, अहिले पनि यो काम जारी छ । जुन प्राय: लुकिछिपि हुने गरेको छ । केही पैसा कमाउने लोभमा व्यावसायीहरूले निर्दयी भएर जनावरहरूलाई अनावश्यक पीडा दिने गरेका हुन् ।

अस्ट्रेलियाको उक्त संस्थाका अनुसार जङ्गलमा हात्तीका आमाहरू आफ्नो बच्चासँग करिब पाँच वर्षसम्म बस्छन् । तर त्यही पुरानो भिडियोमा देखिएको बच्चालाई जन्मेको केही वर्षपछि नै आमाबाट छुट्याइएको थियो । त्यस भिडियोमा बच्चा छुट्टाएपछि हात्ती आमाको क्रन्दन पनि देखिन्थ्यो ।

त्यसरी बच्चालाई छुटाएपछि आमासँग कहिल्यै भेट्न हुँदैन । निर्ममतापूर्वक दिइएको तालिमका कारण हात्तीको बच्चामा गहिरो मानसिक चोट पुग्छ ।

दक्षिण-पूर्वी एसिया जाने धेरै पर्यटक हात्ती चढ्ने गर्छन् । तर त्यो सहित हात्ती नुहाउने जस्ता अन्य क्रियाकलापहरूमा पनि हात्तीलाई यसैगरी क्रसिङ नामक यातनापूर्ण तालिम दिएर तयार गरिन्छ ।

एक त हात्तीहरू जङ्गली जनावर हुन् । स्वभाविक रूपमा उनीहरू मानिसहरूसँग नजिक हुन चाहँदैनन् । तर मान्छेहरू हात्तीमा चढ्ने वा पानीको पोखरीमा हात्तीहरूको विभिन्न क्रियाकलाप हेर्ने गर्छ ।

थाइल्याण्डका धेरै पर्यटन कम्पनीहरूले अहिले पनि अनलाइनमा हात्ती सवारीको विज्ञापन गरिरहेको देखिन्छ ।

हात्तीलाई तालिम दिने कुरा व्यावसायीहरूले मिडियाबाट लुकाउने गर्छन् ।

त्यही भिडिओबारे थाइल्याण्डको चियाङ माई लोकल टुर नामक पर्यटन कम्पनीलाई सम्पर्क गरेर सोध्दा कुनै जवाफ नदिएको अस्ट्रेलियाको एबीसी न्युजले लेखेको थियो । तर पछि समाचार प्रकाशित गरेपछि भने त्यसका मालिक आन्चली कालम्पिचितले दुर्भाग्यवश त्यस्तो घटना हुन गएको भनेर बताएको एबीसी न्युजले जनकारी दिएको छ । साथै जनावरहरूलाई तालिम दिने व्यक्ति त्यसमा राम्रो जानकार नहुँदा पनि हात्तीले बढी पीडा सहनु परेको पनि आन्चलीले एबीसी न्युजलाई बताएकी थिइन् ।

यो समस्या थाइल्याण्डमा मात्र सीमित छैन । दक्षिण-पूर्वी एसियामा हात्तीमाथि यस्तो क्रुर व्यवहार सामान्य छ । वर्ल्ड एनिमल प्रोटेक्सनको सन् २०१८ को एक रिपोर्टले बाली जस्ता पर्यटकीय गन्तव्यहरूमा हात्ती, डल्फिन सहित अन्य जनावरमाथि दुर्व्यवहार हुने उजागर गरेको थियो ।

नेपालको चितवन सौराहा तिरका पर्यटन व्यावसायीहरूले पनि पर्यटकलाई हात्ती सवारी गराउने गर्छन् ।

आजकल भने वर्ल्ड एनिमल प्रोटेक्सन जस्ता संस्थाहरूले हात्तीलाई पर्यटनको नाममा जबरजस्ती पीडा दिने कुराको प्रतिरोध गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?