News Summary
Generated by OK AI. Editorially reviewed.- भारतले एसिया कप क्रिकेटमा मुख्य प्रायोजकबिना खेल्ने सम्भावना देखिएको छ।
- ड्रीम–११ सँगको २०२६ सम्मको सम्झौता भारत सरकारले नयाँ नियम आएपछि तोडिएको हो।
- भारतले सेप्टेम्बर १० मा यूएई, १४ मा पाकिस्तान र १९ मा ओमानसँग खेल्नेछ।
१८ भदौ, काठमाडौं । भारतले एसिया कप क्रिकेटमा मुख्य प्रायोजकबिना खेल्ने सम्भावना देखिएको छ। भारत सरकारले कानून परिवर्तन गरेपछि अघिल्लो प्रायोजक ड्रीम–११ सँग सम्झौता तोडिँदा भारतीय क्रिकेट टोली हाल प्रायोजकविहीन छ ।
ड्रीम–११ सँग भारतीय क्रिकेट टोलीको २०२६ सम्मको सम्झौता थियो, जसको मूल्य करिब ४४ मिलियन अमेरिकी डलर थियो। यसअघि पनि ओप्पो र बाइजुज जस्ता कम्पनीहरूले बीचमै सम्झौता तोडेको इतिहास छ।
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले नयाँ प्रायोजकका लागि बिडिङ मागेको भएपनि एसिया कप धेरै नजिक आइसकेकाले उक्त प्रतियोगितामा प्रायोजकबिना नै खेल्ने सम्भावना बढेको हो ।
९ सेप्टेम्बरदेखि सुरु हुने एसिया कपमा भारत समूह ‘ए’ मा पाकिस्तान, यूएई र ओमानसँग रहेको छ।
भारतले सेप्टेम्बर १० मा यूएई, सेप्टेम्बर १४ मा पाकिस्तान र सेप्टेम्बर १९ मा ओमानसँग खेल्नेछ।
प्रतिक्रिया 4